दोधारा चाँदनीमा युवा सञ्जालद्धारा सवारी दुर्घटना न्युनिकरण गर्न सचेतनामुलक कार्यक्रम

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा उत्थानशिल युवा सञ्जालले आम नागरिकलाई ट्राफिक नियम सम्वन्धी सचेतना मुलक अभियान संचालन गरेको छ् । दिन प्रतिदिन वढ्दै गईरहेको सडक दुर्घटना रोकथाम संगै न्युनिकरण गर्न दोधारा चाँदनी नगरपालिकाको मुल सडक खण्डमा सचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको उत्थानशिल युवा सञ्जाल दोधारा चाँदनीका संयोजक दुर्गा बडुवालले जानकारी दिनुभएको छ् । उत्थाशिल युवा सञ्जालको आयोजना र ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी, नगरप्रहरीको सहयोग र सहकार्यमा दोधारा चाँदनी नगरपालिकामा एक दिने आम नागरिकलाई ट्राफिक नियम सम्वन्धी सचेतना मुलक अभियान संचालन गरिएको उत्थानशिल युवा सञ्जाल दोधारा चाँदनीका संयोजक दुर्गा बडुवालले बतनाउनुभएको छ् ।

ट्राफिक नियम सम्वन्धी जनचेतनाको अभाव संग संगै चालक र आम नागरिकको लापरबाहीले समेत कतिपय मानिसले अकालमै अमुल्य ज्यान गुमाउनु पर्ने अवस्थाको तितो यथार्थ रहेको बताउदै संयोजक दुर्गा बडुवालले दोधारा चाँदनी नगरपालिकाको मुल सडक खण्डमा सवारी चालक लगाएत आम नागरिकलाई सडक दुर्घटना न्युनिकरण गर्न आवश्यक सुझावहरु दिईएको उहाँले बताउनुभयो । आधारभूत ट्राफिक नियम, सवारी साधन तथा सडक प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षित तरिका, ट्राफिक संकेत चिन्हहरु, सडक रेखाहरु र मोटर साईकल र स्कुटर चलाउदा सवारी चालकले पालना गर्नु पर्ने ट्राफिक नियम उल्घंन हुदा सोबाट हुने क्षति लगाएतका ट्राफिक नियम सम्वन्धी कानुनी व्यबस्था सम्बन्धमा सचेतना गरिएको बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकामा गठन भएको उत्थानशिल युवा सञ्जालले नगर क्षेत्रमा बिभिन्न प्रकार जनचेतनामुलक कार्यक्रम गरि पालिकाको काममा सघाउदै आएको बताउनुभएको छ् । सामाजिक कार्यक्रम सक्रिय देखिएका युवाहरुलाई समेटेर नगर स्तरिय युवा सञ्जाल गठन गरिएको उहाँले बताउनुभयो ।

युवा सञ्जालले बिगतका दिनहरु देखि सृजनशिल कार्य गर्दै आएको बताउदै अहिले आएर सडक दुर्घटना न्युनिकरण सचेतनामुलक कार्यक्रम संगै पर्यटकिय क्षेत्र महाकाली झोलुङ्गे पुल क्षेत्रमा सरसफाई गरेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

सामाजिक दायित्व पुरा गर्न युवाहरुलाई सकारात्मक सोचको बिकास गर्न दोधारा चाँदनी नगरपालिका लागिपरेको उहाँको भनाई छ् ।

 

ताजा समाचार

spot_img