दोधारा : दुई दशक अघि निर्माण गरिएको महाकाली नदी तटबन्ध जीर्ण बन्दै गएपछि त्यसको पुन: निर्माण सुरु गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं. १ र २ को सिमानामा रहेको महाकाली नदीको पक्की तटबन्ध जिर्ण भए संगै जनताको तटबन्ध कार्यक्रमबाट झण्डै ३ सय ५० मिटर कंक्रिट ब्लक पद्धतीबाट तटबन्ध निमार्ण कार्य सुरु गरिएको छ् । बस्ती जोगाउन दुई दशक अघि निर्माण गरिएको महाकाली तटबन्ध जीर्ण बनेर वर्षायाममा नदीको भंगालो बस्तीमा पस्ने अवस्थालाई मध्यनजर राख्दै कंक्रिट ब्लकबाट तटबन्ध निमार्ण कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

जनताको तटबन्ध कार्यक्रमले सो क्षेत्रमा २ दशक अघि बनेको तटबन्धको पुन: निर्माण सुरु गरेको हो । जापानी सहयोग नियोग जाईकाले दोधारा चाँदनी नगरपालिकाको बस्तीलाई जोगाउन करिब २० वर्ष अघि तटबन्ध निर्माण गरेको थियो । जाईकाले निर्माण गरेको तटबन्ध अहिले आएर जीर्ण बन्दै गएको र वर्षायाममा आउने बाढीले भत्काएर क्षति गर्दै जान थालेपछि जनताको तटबन्ध कार्यक्रमबाट झण्डै रु. ५ करोड लगानीमा कंक्रिट ब्लकबाट तटबन्ध निमार्ण कार्य सुरु गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

जीर्ण अवस्थामा तटबन्ध रहेकाले बाढीको जोखिम धेरै रहेको उहाँले बताउनुभयो । टुक्रे हिसाबमा तटबन्धको पुन: निर्माण नभई एकै पटक यसको पुन: निर्माणका लागि संघीय सरकारलाई आग्रह गरिदै आएको नगर प्रमुख लिम्बुको भनाई रहेको छ् । निमार्ण सुरु भए संगै तटबन्धलाई फुटाएर महाकाली नदीको भंगालो बस्ती पस्ने सन्त्रास कम भएको स्थानियबासीहरुले बताएका छन् ।

जेवीसी, कञ्चन, शंकर डेभलपमेन्ट निमार्ण सेवाले महाकाली नदीमा कंक्रिट ब्लक पद्धतीबाट ३ सय ५० मिटर पक्की तटबन्ध निमार्ण कार्य अघि बढाएको हो ।
