बडुवाल टोल नजिक जगबुडा नदीमा ‘नदीको बहाव मापन यन्त्र’ जडान गरिदै

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको जगबुडा नदीमा नदीको बहाव मापन यन्त्र (राडार लेभल सेन्सर) जडान कार्य सुरु गरिएको छ् । निड्स नेपाल कञ्चनपुर र अक्सफाम नेपालको आर्थिक सहयोग र दोधारा चाँदनी नगरपालिका कार्यालय र जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको सहकार्यमा दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोल नजिक जगबुडा नदीमा नदीको बहाव मापन यन्त्र (राडार लेभल सेन्सर) जडान गर्ने कार्य सुरु गरिएको निड्स नेपाल कञ्चनपुर स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्याय्ले जानकारी दिनुभएको छ् । यन्त्रले स्वचालितरुपमा नदीको पानीको सतह बढे घटेको जानकारी दिने कार्यक्रम संयोजक ईश्वर उपाध्याय्ले बताउनुभयो । जगबुडा नदीले बर्सेनि बाढीबाट हुने धनजनको क्षति कम गर्नका लागि पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्न को लागी जगबुडा नदीमा नदीको बहाव मापन यन्त्र जडान गर्न लागिएको उहाँले बताउनुभएको छ् । अहिले यनत्र जडान गर्ने कार्य थालनी गरिएको छ् ।

दोधारा चाादनी नगरपालिकाको बाढीग्रस्त बस्ती पटरा खल्ला, कञ्चनभोज, सुन्दरनगर, अठार नम्वर पिल्लर बस्ती, कुतियाकवर बस्तीमा बाढीको पुर्व तयारीको लागी निकै सहज हुने निड्स नेपाल कञ्चनपुर स्कोपआरथ्री का कार्यक्रम संयोजक ईश्वर उपाध्याय्ले बताउनुभयो । यन्त्रले १०–१० सेकेण्डमा नदीमा पानीको सतह घटे बढेको जानकारी दिने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीका प्रमुख सञ्जय शाहले बताउनुभएको छ् । यन्त्रले दिने सूचना तथा मौसम विभागको वेबसाइट मार्फत अपडेट भईरहने सञ्जय शाह बताउनुभयो । सबैले सजिलै वेबसाइट हेरेर पनि बाढीबारे जानकारी पाउने उहाँको भनाई छ ।

नदीको बाढी सतर्कता, चेतावनी, खतरा तहमा पुगेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढी बारे निरन्तर रुपमा जानकारी दिन सजिलो हुने प्रकारको यन्त्र जडान गर्न लागिएका जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीका प्रमुख सञ्जय शाहले बताउनुभयो । जडान गर्न थालिएको नदीको बहाव मापन यन्त्रले दोधारा चाँदनी नगरपालिकाका तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरुलाई बाढीको बेला पुर्व सुचनाको लागी ठुलो मद्धत पुग्ने बताईएको छ् ।

बाढीबाट हुने धनजनको क्षति कम गर्नका लागि यन्त्रले सहयोग पुग्ने छ् । यन्त्र जडान गर्ने भनिएको माथिल्लो तटीय क्षेत्रबाट नदीको बाढी दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती सम्म पुग्न झण्डै ४० देखि ४५ मिनेट लाग्ने भएको हुदा यन्त्र जडानको कार्यले बाढी पुग्नु पूर्व नै सतर्कता अपनाएर धनजनको क्षति कम हुने बिश्वास गरिएको छ् ।

निड्स नेपाल कञ्चनपुर र अक्सफाम नेपालको आर्थिक सहयोग र दोधारा चाँदनी नगरपालिका कार्यालय र जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको सहकार्यमा जडान गर्न लागिएको नदीको बहाव मापन यन्त्र (राडार लेभल सेन्सर) को मुल्य रु. १० लाख बताईएको छ् ।

ताजा समाचार

spot_img