विपद् व्यवस्थापनको लागी दोधारा चाँदनीमा व्यापक तयारी

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपद् व्यवस्थापनको तयारी सुरु गरिएको छ् । मनसुन भित्रिन लागे संगै हुनसक्ने सम्भाव्य विपद्को जोखिम न्यूनीकरणको लागी दोधारा चाँदनी नगरपालिकामा व्यापक तयारी सुरु गरिएको हो । दोधारा चाँदनी नगर क्षेत्रमा छरिएर रहेका विपद् व्यवस्थापन समिति, खोज तथा उद्धार टोली, नगरप्रहरीलाई कृत्रिम नमुना अभ्यास सुरु गरिएको छ भने, उद्धारका लागि चाहिने उपकरण अद्यावधिक गरी तयारी अवस्थामा राखिएको छ् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीलाई विपद् व्यवस्थापनका लागी बिभिन्न चरणमा तालिम सञ्चालन गरिदै आएको छ् । नगर क्षेत्रमा बाढीग्रस्त बस्तीहरुमा पक्की तटबन्ध निमार्ण कार्यलाई थप तिब्रता दिदै आएको छ् । महाकाली र जगबुडा नदीमा कलर कोड सहितको गेज मिटर स्थापना गरिएको छ् । विपद्को जोखिम न्यूनीकरणको लागी नगरपालिकाले गर्दै आएको बिभिन्न तयारी संग सुक्रवार दोधारा चाँदनी नगरपालिकाको सभा कक्षमा विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना अध्यावधिक कार्यशाला सम्पन्न भएको छ ।

विपद्को जोखिम न्यूनीकरणको लागी विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना अध्यावधिक कार्यशाला सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुर्नलाभ योजना बनाउने, खोज उद्धारका लागि दक्ष र सक्षम जनशक्ति विकास तथा पूर्वसूचना र विपद्कालीन सूचना प्रणाली सशक्त बनाउने, आधुनिक उद्धार उपकरण, वारुण यन्त्र लगाएतका अन्य उपकरण तयारी हालतमा राख्ने, खाद्यन्न, औषधी तथा दैनिक उपभोग्य तथा उद्धार, राहत सामग्रीको पूर्वभण्डारण गर्ने, घर, पुल, सडक, स्थानीय तटबन्ध, नदी, खोलानालाको अद्यावधिक गर्ने तथा महामारी वा तत्कालीन आपतबाट बच्ने न्यूनतम तयारी गरि विपद् व्यवस्थापन प्रभावकारी भई जनधनको क्षति रोक्न नगरपालिका संग समन्वय र सहकार्य गरि नगर क्षेत्रमा विपद् व्यवस्थापनको लागी बिभिन्न कार्यक्रम सञ्चालन गरिदै आएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकामा बाढीले ठुलो धनजन संग मानविय क्षति गर्दै आएको हुदा यस वर्ष पनि विपद्को जोखिम व्यवस्थापनको लागी बिभिन्न कार्यक्रम सञ्चालन गर्ने क्रममा विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना अध्यावधिक कार्यशाला सम्पन्न गरिएको निड्स नेपाल स्कोपथ्री परियोजनाका कार्यक्रम सयोजक ईश्वर उपाध्ययाले बताउनुभएको छ् । समग्र समन्वय, व्यवस्थापन, सुचना तथा खोज तथा उद्धार खाद्य तथा कृषी, स्वास्थ्य तथा पोषण, खानेपानी तथा स्वच्छता प्रबर्धन, आपतकालिन आश्रय र गैर खाद्य, संरक्षण तथा सुरक्षा, आपतकालिन शिक्षा, सिघ्र पुनरलाभ क्षेत्र समितिको योजना अध्यावधिक कार्यशाला सम्पन्न गरिएको उहाँले बताउनुभएको छ् ।

विपद् व्यवस्थापनमा दोधारा चाँदनी नगरपालिकाले विपद् व्यवस्थापनका प्रत्येक चरणमा र जनचेतनाका कार्य गरी जनतालाई विपद्का समयमा आफंै जोगिन सुरक्षित रहन (सेल्फ रिसाईलेन्स) तयारी कार्यमा जुटेको छ् ।

 

ताजा समाचार

spot_img