कंचनपुर । दोधारा चाँदनी नगरपालिकामा चट्याङ लागेर एक महिला घाईते भएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्ला निवासी वर्ष अन्ताजी ३५ का चन्द्र सुनारलाई हाज बिहान आफ्नै घरमा चट्याङ लागेर घाईते भएको परिवारजनले जनाएका छन् । घरमा रहेको कपडा उठान लागेको अवस्थामा घर भित्रै चट्याङ लागेको चन्द्रले बताएका छन् । उनको उपचार नगर अस्पताल दोधारा चाँदनीमा भई रहेको छ् ।

नगर अस्पतालका डा. जिवन किरण स्नेहीका अनुसार चन्द्रको अवस्थामा सामान्य रहेको बताउनुभएको छ् । चन्द्राको शरिरको दाया भागमा चट्याङले थोरै असर पारेको बताईएको छ् ।

आज बिहान हावा हुरी संगै आएको असिना पानीले तरकारी वालीमा समेत ठुलो क्षती बनाएको किसानहरुले बताएका छन् ।







