दोधारा चाँदनीको बडुवाल टोलमा ‘सशस्त्र प्रहरी सीमा सुरक्षा बल (बिओपी)’ स्थापना

पप्पु गुरुङ्ग, दोधारा । बडुवाल टोलमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बिओपी) स्थापना गरिएको छ् । कञ्चनपुरको दोधारा चादनी नगरपालिका– ३ बडुवाल टोल, नेपाल–भारत सिमा क्षेत्र नजिक सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बिओपी) स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्टले जानकारी दिनुभएको छ् । आज एक कार्यक्रमको बिच बडुवाल टोलमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बिओपी) स्थापना गरिएको हो । सीमा क्षेत्रको सुरक्षा प्रभावकारी बनाउन र सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि बिओपी स्थापना गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्टले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको बडुवाल टोलमा यस अघि सशस्त्र प्रहरीको फोरवार्ड बेस क्याम्प स्थापना गरि सिमा सु्रक्षा गर्दै आएको हो ।

बडुवाल टोलमा बिओपी स्थापनासागै सीमाक्षेत्रको सुरक्षा थप प्रभावकारी हुने सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनी पति प्रदिप कुमार पालले बताउनुभएको छ् । सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको प्रमुख जिम्मेवारी रहेको सन्दर्भमा सशस्त्र प्रहरीको उपस्थिति सीमा क्षेत्रमा मजबुत बनाउदै लैजाने सरकारको नीती अनुसार नेपाल–भारत सीमा क्षेत्रमा रहेका स्तम्भको सुरक्षा, सीमा अतिक्रमण, चोरी तस्करी, राजश्व चुहावट रोकथाम गर्न सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बिओपी) स्थापना गर्दै आएको उहाँले बताउनुभएको छ् ।

आगामी दिनमा बडुवाल टोल क्षेत्रमा सुरक्षा थप सुदृढ र प्रभावकारी हुने आफुले विश्वास लिएको बताउनुयो । बडुवाल टोलको सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बिओपी) स्थापनाको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनी पति प्रदिप कुमार पालले आफ्नो पेशा प्रति ईमान्दार र मर्यादित रहेर विपद् व्यवस्थापन, शान्ति सुरक्षाको अनुभूति हुने गरी जनताको सेवामा खटिन सशस्त्र प्रहरी जवानहरुलाई निर्देशन दिनुभयो । संवेदनशील क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्ने सरकारको नीति रहेको हुदा बडुवाल टोलमा रहेको सशस्त्र प्रहरीको फोरवार्ड बेस क्याम्पलाई स्त्तोरउन्नती गरि बिओपी स्थापना गरिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रबक्ता हरि सिंह धनाडीले नेपाल–भारत सिमा संग जोडिएको बडुवाल टोलमा सशस्त्र प्रहरीको फोरवार्ड बेस क्याम्पलाई स्त्तोरउन्नती गरि बिओपी स्थापना गरिएको खुशी ब्यक्त गर्नु भएको छ् ।

सिमा क्षेत्रमा अपराधिक गतिविधी संगै बडुवाल टोलमा समस्याकारुपमा रहेका जंगली हात्तीको हात्तीको आतंक रोक्न सशस्त्र प्रहरीको बिओपीले ठुलो मद्धत पुग्ने बताउनुभएको छ् । बडुवाल टोलमा बिओपी स्थापना संगै अपराधिक गतिबिधी रोक्नुका साथै सिमा सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने प्रमुख उहाँको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिकामा सशस्त्र प्रहरीको ५ वटा बिओपी र १ प्रस्तावित गुल्म रहेका छन् ।

बडुवाल टोलमा बिओपी स्थापना उद्धघाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनी पति प्रदिप कुमार पाल, सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्ट, सशस्त्र प्रहरी बल नेपाल देबिस्थान प्रस्तावित गुल्मका गुल्मपती सन्तोष बिर सिंह, दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशी, नगरप्रबक्ता हरि सिंह धनाडी लगाएत जनप्रतिनिधी, संघ–संस्थाका प्रतिनिधी, स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार