दोधारा चाँदनीका १० स्थानमा बाढीमा आधारित ‘कृत्रिम घटना नमुना अभ्यास’ गरिदै

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीमा आधारित कृत्रिम घटना नमुना अभ्यास सुरु गरिएको छ् । वर्षा लाग्न थाले संगै दोधारा चाँदनी नगरपालिका क्षेत्रका बिभिन्न बाढी ग्रस्त १० बस्तीहरुमा दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्य तथा निड्स नेपाल कञ्चनपुर, अक्सफाम नेपालको सहयोगमा बाढीमा आधारित कृत्रिम घटना नमुना अभ्यास सुरु गरिएको निड्स नेपालको स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको बाढीग्रस्त बस्ती भनेर चिनिने कुतियाकवर, बैतिफाँटा, शान्तीटोल, जर्का टोल, रामपुरे टापु, पटरा खल्ला, बडुवाल टोल लगाएत १० बाढी ग्रस्त बस्तीमा बाढीबाट मानविय तथा धनमालको क्षती रोक्न कृत्रिम घटना नमुना अभ्यास सुरु गरिएको निड्स नेपालको स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाको ढकनाघाट र सुन्दरनगरमा कृत्रिम घटना नमुना अभ्यास सम्पन्न भईसकेको र बाँकी बस्तीहरुमा चाडै कार्यक्रम सञ्चालन गर्ने तयारी भईरहेको उहाँले बताउनुभएको छ् । बाढी आउनु पूर्वको मौसमी विवरण, पूर्व सूचना प्रणाली, जनसमुदायले अपनाउनु पर्ने सतर्कता, बाढी आउदा ध्यान दिनु पर्ने कुरा, प्रभावितहरुको खोज तथा उद्धार, प्राथमिक उपचार, राहत वितरण र पुर्नस्थापन तथा व्यवस्थापन जस्ता गतिविधिहरु नमुना अभ्यासका रुपमा प्रस्तुत गरिदै आएको स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभयो । नमुना अभ्यासमा सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी, नगर प्रहरी, सशस्त्र प्रहरी स्थानियबासीहरुको सहभागिता रहदै आएको उहाँले बताउनुभएको छ् ।

विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्व अभ्यासले महत्वपूर्ण सहयोग गर्ने सुन्दर प्रकृति विपद् व्यवस्थापन समिति दोधारा चाँदनीका सदस्य प्रेम रोकायाले बताउनुभएको छ् । पूर्व सूचना प्रवाह, खोज तथा उद्धार र प्राथमिक उपचार लगाएतका सन्दर्भमा नमुना अभ्यासबाट धेरै सिकाइ भएको उहाँले विश्वास व्यक्त गर्नुभयो । विगत देखि निरन्तर सिकाईको क्रम जारी रहदा सिकेका विषयवस्तुलाई आवश्यक परेको समयमा व्यवहारमा लागु गर्न सक्नुलाईनै उपलब्धिका रुपमा लिन सकिने उहाँको भनाइ छ ।

विपद्को समयमा समुदायकै व्यक्तिहरु उद्धार कार्यका खटिनु पर्ने हुदा पूर्व तयारी अवस्थामै रहदै आएको उहाँले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका बाढीको उच्च जोखिम रहेको नगरपालिका हुदा बाढी र डुबान जस्तो विपद्बाट हुन सक्ने सम्भावित जनधनको क्षति कम गर्न कृत्रिम घटना नमुना अभ्यास निकै फलदायी हुने स्थानियबासीहरुले बताएका छन् ।

 

ताजा समाचार

spot_img