पप्पु गुरुङ्ग, दोधारा । विपद् जोखमि न्यूनीकरण र जलवायुजन्य संकटको सामना गर्न स्थानीय समुदायको क्षमता अभविृद्धी गर्दै आएको जलवायु उत्थानशील समुदाय (सीआरसी) परियोजना अन्तर्गत दोधारा चाँदनी नगरपालकिामा चार दिने आधारभूत खोज तथा उद्धार तालिम सम्पन्न भएको छ् । नेपाल राष्ट्रीय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालद्वारा सञ्चालित उक्त परियोजनाले बाढीको उच्च जोखमिमा रहेका नदी तटीय क्षेत्रहरुका समुदायलाई सक्षम र उत्तरदायी बनाउने काम गरिरहेको छ् । दोधारा चाँदनी नगरपालिकाको समन्वयमा आयोजना गरिएको तालिममा स्थानीय विपद् जोखिमहरुको पहिचान, प्रतिकार्य बिधी, उद्धार अभ्यास तथा पूर्वतयारी रणनितीहरुमा केन्द्रीत प्रशक्षिण दिईएको थियो । नेपाल राष्ट्रीय समाज कल्याण संघ सिआरसी परियोजनाका संयोजक महेश घमिरीले तालमिमा बाढी, डुवान, भूकम्प, आगलागी, तातो हावा, र सर्प दंश जस्ता विपद्को जोखिम गर्न सैद्धान्तकि जानकारी सहित कृत्रिम घटना नमुना अभ्यास गरिएको बताउनुभयो ।

उहाँले विपद्को प्रत्येक चरण—पूर्वसूचना, उद्धार, राहत तथा पुनस्र्थापनामा समुदायको भूमिका महत्वपूर्ण रहेको र यही अभ्यासले भविष्यमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । दोधारा चाँदनी नगरपालिकामा उपप्रमुख गंगा जोशीले तालिमको माध्यमबाट समुदाय स्तरमै वपिद् व्यवस्थापन सशक्त बन्ने बताउनुभयो । उहाँले सहभागीहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारेर विपद्का लागी आफु र आफ्नो समुदायलाई बचाउन योगदान पुर्याउन सक्नुपर्नेमा जोड दिनुभयो । तालिममा सामुदायिक विपद् व्यवस्थापन समिति सदस्यहरु, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल लगाएतको सहभागिता रहेको थियो ।

सहभागीहरुले तालिमबाट प्राप्त ज्ञान र सीपलाई स्थानीय स्तरमा प्रयोग गरी जनधनको सुरक्षा गर्न सकिने धारणा राखेका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रहरी प्रमुख तिलक धामीले विपद्का बेला नगर प्रहरी कसरी छिटो र सुरक्षित तरिकाले परिचालन हुने भन्ने सिकाई भएको बताउनुभयो । उहाँले तालिमबाट प्राप्त सीप प्रयोग गरेर विपद् जनधनको सुरक्षा र प्रभावकारी उद्धारमा अझ सक्षम हुने भनाई राख्नुभयो ।

सिआरसी परियोजनाले दोधारा चाँदनी नगरपालिका र कृष्णपुर नगरपालिका गरी ६ वटा बाढी प्रभावित समुदायका तटीय क्षेत्रहरुमा सशक्त समुदाय निमार्ण, विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमताको सुदृढीकरण गर्दै आएको छ् ।






