वडा कार्यालयको ‘विपन्न आवास कार्यक्रम’ अन्तर्गत घर निमार्ण हुदै, स्थानियबासीहरु खुशी

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १ मा विपन्न आवास निमार्ण कार्य सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– १ वडा कार्यालयको आयोजनामा ३ वटा घर निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– १ का वडाध्यक्ष बिक्रम चन्दले जानकारी दिनुभएको छ् । वडा कार्यालयको चालु आर्थिक वर्षको कार्यक्रम तथा योजना अनुसार उपभोक्ता समिति मार्फत ३ वटा घर निमार्ण कार्य सुरु गरिएको वडाध्यक्ष बिक्रम चन्दले बताउनुभयो । कर्कट पाता सहित २ कोठे घरको लागी वडा कार्यालयले प्रति घर रु. २ लाख रकम बिनियोजन गरिएको उहाँले बताउनुभएको छ् ।

घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण कार्य सुरु गरिएको वडाध्यक्ष बिक्रम चन्दले बताउनुभयो । घर बनाउन नसकेर कच्ची चुहिने छानोमा कष्टकर जीवन बिताउदै आएकाहरुलाई पक्की दुई कोठे आवास पाउने भएपछि वडा कार्यालयले ठुलो गुन लगाएको स्थानियबासी रबि सार्कीले बताउनुभएको छ् । बर्षामा पानी चुहिने समस्या र जाडो मौसममा चिसो सिरेटोबाट बच्न निमार्णधिन पक्की घरले ठुलो मद्धत पुग्ने रबि सार्कीको भनाई रहेको छ् ।

वडा कार्यालयको निमार्णधिन आवास कार्यक्रम विपन्न बर्गमा ठुलो राहत भएको स्थानियबासीहरुको भनाई रहेको छ् ।

ताजा समाचार

spot_img