विपद् पुर्व तयारी प्रतिकार्यको लागी पटरा खल्ला बस्तीका पशु र पशुधनीको बिमा गरिदै

पप्पु गुरुङ्ग, । विपद् पुर्व तयारी तथा प्रतिकार्यको लागी पटरा खल्लामा पशु र पशुधनीको बिमा कार्यक्रम सुरु गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लामा निड्स नेपाल र अक्सफामको साँझेदारीमा सञ्चालित स्कोपआरथ्री परियोजना अन्र्तगत पशु र पशुधनीको विमा कार्यक्रम सुरु गरिएको निड्स नेपाल कञ्चनपुरको स्कोपआरथ्री परियोजनाका सामाजिक परिचालक अमर जाग्रीले जानकारी दिनुभएको छ् । पटरा खल्लाका ३४ घरपरिवारका पशु तथा पशुधनीहरुको बिमा गर्ने कार्य सुरु गरिएका सामाजिक परिचालक अमर जाग्रीले बताउनुभएको छ् । पटरा खल्ला विपद् जोखिममा हिसाबले उच्च जोखिममा रहेको बस्ती भएको र हरेक बर्ष आउने बाढीको कारण स्थानियहरुको पशुहरुमा ठुलो क्षती बनाउदै आएको अवस्थामा पशुहरुमा हुने क्षतीको क्षतिपुर्तीको लागी पशुहरुमा समेत बिमा गर्ने कार्य सुरु गरिएको निड्स नेपाल कञ्चनपुरको स्कोपआरथ्री परियोजनाका सामाजिक परिचालक अमर जाग्रीले बताउनुभयो ।

बाढीको कारण पशु मर्ने तथा बेपत्ता हुने भएको कारण क्षतीपुर्तीको लागी बस्तीका सबै पशुहरुको बिमा गर्ने कार्य समेत सुरु गरिएको उहाँको भनाई रहेको छ् । स्थानियबासी लक्ष्मी बुढाले बिगतका दिनहरु देखि विपद्को बेला पटरा खल्लामा सहयोग गर्दै आएको भन्दै निड्स नेपाल र अक्सफाम नेपाललाई धन्यबाद दिदै बिमा कार्यक्रमले स्थानियबासीहरुमा ठुलो सहयोग हुने भएको बताउनुभयो ।

गत वर्षको बाढीको कारण पटरा खल्ला बस्तीमा ठुलो संख्यामा पशुहरु मरेका, बेपत्ता भएका र कहि कतैबाट किसानहरुलाई क्षतिपुर्ती समेत नपाएको हुदा निड्स नेपाल कञ्चनपुरको स्कोपआरथ्री परियोजनाको पहलमा बस्ती भरीका पशुहरु र पशुधनीहरुलाई बिमा गर्ने कार्य भईरहेको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष तथा नगरप्रबक्ता हरिसिंह धनाडीले बतानुभयो ।

पुर्व सुचना प्रणालीमा समुदायको पहुँच भएर मानवीय क्षती रोक्ने कार्य भईरहेको भएपनि पशु चौपायाहरुको क्षती रोक्न विपद् पुर्व तयारी अनुसार निड्स नेपाल र अक्सफामको साँझेदारीमा सञ्चालित स्कोपआरथ्री परियोजना अन्र्तगत विमा कार्यक्रम संचालन गरिएको नगरप्रबक्ता हरिसिंह धनाडीले बताउनुभएको छ् ।

पशु चौपाया मरेमा किसानहरुले बिमा मार्फत सहजै पशुचौपायाको क्षतीपुर्ती पाउने समेत व्यवस्था गरिएको उहाँको भनाई रहेको छ् ।

ताजा समाचार