दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको बडुवाल टोलमा कालोपत्रे सडक निमार्ण कार्य सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा रु. १ करोडको लागानीमा संघिय सरकारले कालोपत्रे सडक निमार्ण कार्य सुरु गरेको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । नगर क्षेत्रकै वन्यजन्तु आतंकित क्षेत्र भनेर चिनिने बडुवाल टोल, जगबुडा नदीको पारिको भारत संग जोडिएको बस्ती हो । भारतिय जंगल संग जोडिएको सिमा बस्तीमा वर्षेनी वन्यजन्तुको कारण ठुलो धनजनको क्षती हुने गर्दछ् । झण्डै ३ सय घरधुरी रहेको उक्त बस्तीमा झण्डै ८ सय मिटर कालो पत्रे सडक निमार्ण कार्य सुरु भएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभयो ।

कृष निमार्ण सेवाले आउदो अषाढ मसान्तमा निमार्ण कार्य पुरा गर्ने गरि कालोपत्रे सडक कार्य अघि बढाएको वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभएको छ् । सडक निमार्ण कार्य पुरा भए संगै बडुवाल टोलबासीहरुलाई आवागमनमा निकै सहज हुने उहाँले बताउनुभयो । सडक निर्माणले यस क्षेत्रको आर्थिक विकासमा मद्दत मिल्ने उहाँको भनाई छ् । दोधारा चाँदनी नगरपालिकाको ग्रामिण भेगलाई सडक सञ्जालमा जोड्ने काम भईरहेको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

सडक बनेपछि बस्तीकै मुहार फेरिने उहाँले बताउनुभएको छ् । बस्तीमा पहिलेको दाँजो धेरै बिकास भईरहेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । दिगो विकासको मोडलमा पालिका अघि बढेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । नगर क्षेत्रमा आर्थिक, सामाजिक, वातावरण र सुशासन क्षेत्रको विकासका लागि समान रुपमा योजना तथा कार्यक्रम सञ्चालन भईरहेको उहाँको भनाई रहेको छ् ।

बस्तीमा सडक कालोपत्रे हुन थालेपछि उत्पादित कृषि उपजलाई बजार सम्म लैजान सहज हुनेमा स्थानियबासीहरु बिश्वस्त भएका छन् । स्थानियबासीहरुलाई बजार पुग्न, विद्यार्थीलाई विद्यालय आवत जावत गर्न सजिलो हुनेमा स्थानियबासीहरुले बताएका छन् ।
वषौं देखि कच्ची सडकमा सास्ती खेप्दै आएका स्थानीयहरु सडक कालोपत्रे हुने भएपछि खुशी भएका छन् ।
