क्यान्सर पिडित एक महिलालाई नगर दलित समन्वय समितिबाट उपचार सहयोग

दोधारा । नगर दलित समन्वय समिति दोधारा चाँदनीले क्यान्स पिडित एक महिलालाई सहयोग गरेको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको नगर दलित समन्वय समितिले दोधारा चाँदनी नगरपालिका– ७ निवासी क्यान्सर पिडित कला सुनारलाई उपचार खर्च रु. ५ हजार सहयोग गरेको नगर दलित समन्वय समितिले दोधारा चाँदनीका संरक्षक तथा वडा नं. ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् ।

उपचार गर्न सकस भएका कला सुनारलाई उपचारमा सहयोग पुगोस भन्ने अभिप्रायले उक्त रकम सहयोग गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । यस अघि पनि नगर दलित समन्वय समिति दोधारा चाँदनीले नगर क्षेत्रमा बसोबास गर्ने बिभिन्न रोग लागेर उपचार गर्न नसक्ने ब्यक्तीहरुलाई सहयोग गर्दै आएको उहाँले बताउनुभएको छ् ।

नगर दलित समन्वय समिति दोधारा चाँदनीको निमार्ण अनुसार बिभिन्न समयमा उपचार गर्न समस्या भएकाहरुलाई सहयोग गर्दै जाने नगर दलित समन्वय समिति दोधारा चाँदनीले जनाएको छ् ।

ताजा समाचार