पप्पु गुरुङ्ग, दोधारा । विपद् जोखिम न्यूनीकरण, जलवायु अनुकूलन तथा स्थानीयवासीको जीविको पार्जनमा सुदृढ परियोजना प्रभावकारी बन्दै गएको पाईएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको साँझेदारीमा सञ्चालनमा आएको परियोजनाले कञ्चनपुर जिल्लाका दोधारा चाँदनी र भीमदत्त नगरपालिकाका विपद् जोखिमयुक्त वडाहरुमा समुदायमुखी कार्यक्रमहरु मार्फत सकारात्मक परिवर्तन ल्याएको हो । परियोजनाले विशेष गरी जोखिममा परेका समुदायहरुलाई लक्षित गरी तरकारी खेती, माछापालन, बाँसको मुडा उत्पादन र नमकिन उत्पादन जस्ता व्यवसायमा आर्थिक तथा प्राविधिक सहजीकरण गरेको छ् । साथै, विपद् पूर्वतयारी र प्रतिकार्यका लागि स्थानीय स्तरमै संरचना र क्षमता विकासमा समेत सहयोग गर्दै आएको छ् । परियोजनाले जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्यूनीकरण तथा जीविको पार्जनका क्षेत्रमा समुदायमा प्रत्यक्ष र सकारात्मक असर पुर््याएको सुद्दढ परियोजनाका संयोजक राज कुमार सुनारले बताउनुभएको छ् ।

भीमदत्त नगरपालिका–१० को कठेपुल अमरज्योती दलित कृषक समूह, वडा नम्बर ११ को बीजे भगवती कृषक समूह, दोधारा चाँदनी नगरपालिका– ५ को हिमालय कृषक महिला विकास समूह र शान्ति कृषक महिला विकास समूह, वडा नम्बर १० को महाकाली कृषक समूह तथा कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समिति जस्ता स्थानीय समूहहरुमा परियोजनाले पुर््याएको योगदानको स्थलगत अवलोकन गरिएको थियो । साथै विपद् पूर्वतारी तथा पूर्वसूचनाका लागि स्थापना गरिएको कलर कोड सहतिको गेज मिटर, घरधुरी स्तरीय जोखिम म्याप बोर्ड र सेफ हाउसको समेत अनुगमन गरिएको छ् । स्थलगत अनुगमनका लागि डीसीए काठमाडौंबाट आउनु भएको फाईनान्स कोर्डिनेटर गेहेन्द्र गिरी र तारा चौधरी सहित एनएनएसडब्ल्यूएको टोली सहभागी भएको थियो । फाईनान्स कोर्डिनेटर गेहेन्द्र गिरीले सामुदायिक स्तरमा भईरहेको काम सराहनीय रहेको बताउदै स्थानीय आवश्यकता र माँग अनुसार व्यवसायिक गतिविधिमा सामूहिक नगद सहायता प्रभावकारी भएको बताउनुभयो ।

उहाँले स्थानीय पालिकाको सहकार्यले दीर्घकालीन प्रभाव सुनिश्चित भएकोमा जोड दिनुभयो । महाकाली कृषक समूहकी कोषाध्यक्ष विष्णा देवी शाहीले परियोजनाबाट प्राप्त आर्थिक तथा प्राविधिक सहयोगले समूह आत्मनिर्भर बन्न सफल भएको बताउनुभयो । उहाँले तरकारी खेती, माछापालन साथै अन्य व्यवसायबाट राम्रो उत्पादन भएपनि बजारिकरणको समस्या रहेको दुखेसो पोख्नुभयो । सुद्दढ परियोजनाबाट स्थानीय समूहहरु आत्मनिर्भर बन्न थालेका छन् ।

यद्यपि, बजारीकरणको चुनौतिले उनीहरुको आम्दानीमा अपेक्षित वृद्धि ल्याउन अझै अवरोध सिर्जना गरिरहेको छ् । स्थानीय उत्पादनलाई स्थायी बजार संग जोड्ने रणनीति, सहकारी मार्फत संकलन र बिक्री प्रणाली, तथा निजी क्षेत्रको साँझेदारी मार्फत बजारिकरण सहज बनाउने दिशामा पहल गर्नुपर्ने आवश्यकता देखिन्छ् ।
यस तर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुन सकेमा परियोजनाको दीर्घकालीन प्रभाव अझ व्यापक र दिगो बन्ने छ् ।






