साउदी अरब: नेपाली राजदूतावास रियाद साउदी अरेबियाले बुद्ध पूर्णिमाको अवसरमा राजदूतावास बन्द रहने सार्वजनिक सूचना जारी गरेको छ।

बुधबार एक सार्वजनिक सूचना जारी गर्दै २५६९ औं बुद्ध जयन्तीका अवसरमा २०८२ बैशाख २९ गते ( १२ मे २०२५) सोमबारका दिन राजदूतावास बन्द रहने सार्वजनिक सूचना निकालेको हो।

भगवान गौतम बुद्धको जन्म जयन्तीका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि उक्त जयन्ती मनाउने गरिन्छ।

राजदूतावासले जारी गरिएको सार्वजनिक सूचना :
