एनआरएनए एनसीसी साउदीअरब द्वारा विद्यालयलाई कम्प्यूटर र प्रिन्टर सहयोग

साउदी अरब : एनआरएनए एनसीसी साउदीअरब द्वारा सामुदायिक विद्यालयलाई कम्प्यूटर र प्रिन्टर सहयोग गरेको छ।

गैरआवासीय नेपाली संघ साउदी अरबको उपाध्यक्ष मनिष कोईरालाको संयोजकत्वमा रहेको परोपकारी समितिले “एक एनसीसी एक परियोजना” अन्तर्गत बैशाख २३ गते (६ अप्रिल २०२५) मंगलवारका दिन विद्यालयलाई कम्प्यूटर र प्रिन्टर सहयोग सामग्री हस्तान्तरण गरिएको हो। हस्तान्तरण सामग्रीमा एक थान कम्प्यूटर र एक थान प्रिन्टर टासी बाल विकास आधारभूत विद्यालय-नाग्रेलाई हस्तान्तरण गरिएको छ।

काभ्रेपलाञ्चोक जिल्लाको सुदूर उत्तरपूर्वमा रहेको चौँरीदेउराली-२ नाग्रेमा रहेको उक्त विद्यालयलाई शैक्षिक सामग्रीको रूपमा प्रशासनिक तथा प्रशिक्षण प्रयोजनका लागी संघका सचिव तथा परोपकारी समिति सदस्य धूर्वराज कटुल र क्षेत्रिय समन्वय समिति अलकासिमका यूवा संयोजक समिर केसी द्वारा स्थलगत अनुगमन गरी भौतिक उपस्थितिमा उक्त सामग्री विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई दिएको हो।

उक्त कार्यमा अहम भूमिका निर्वाह गर्नु भएका परोपकारी समिति संयोजक तथा समितिका पदाधिकारी हरूका साथै भौगोलिक विकट एवम् दूर्गम क्षेत्रमा भौतिक रूपमा स्वयं उपस्थित भई परियोजना सम्पन्न गर्नु भएकोमा संघका सचिव धुर्वराज कटुवाल र क्षेत्रीय समन्वय समिति अलकासिमका यूवा संयोजक समिर केसी प्रति संघले हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ।

ताजा समाचार