कुतियावकर बस्ती नजिक जगबुडा नदीमा कलर कोड सहितको ‘गेज मिटर’ स्थापना गरिदै

दोधारा । जगबुडा नदीमा कलर कोड सहितको गेज मिटर स्थापना गरिने भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए तथा दोधारा चाँदनी नगरपालिका संग समन्वय तथा सहकार्यमा जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर आपास बस्तीलाई लक्षित गरि पहिलो पटक कलर कोड सहितको गेज मिटर स्थापनाको प्रक्रिया सुरु गरेको हो । कुतियाकवर बस्ती नजिक रहेको जगबुडा नदीको वारी र पारिको भागमा कलर कोड सहितको गेज मिटर स्थापना गर्ने कार्य सुरु गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिनुभएको छ् । जगबुडा नदीको दुवै किनारमा कलर कोड सहितको गेज मिटर स्थापना गर्न लागिएको उहाँले बनाउनुभयो ।

हरियो रङ्गले सामान्य अवस्था, पहोलो रङ्गले सतर्क रहनुपर्ने अवस्था, सुन्तला रङ्गले तयारी अवस्थामा रहनुपर्ने अवस्था र रातो रङ्गले तुरुन्त सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्नुपर्ने अवस्था दर्शाउने कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभयो । उहाँले यी रङ्ग संकेत प्रणाली नेपालमा पहिलोपटक महाकाली नदीमा लागू भईरहेको बताउदै यसले पानीको सतहको अवस्था बारे स्थानीयलाई सजिलै बुझ्न मद्दत पुग्ने विश्वास गर्नुभयो । यसले नदीको सतहको स्तरअनुसार बाढीको जोखिम संकेत गर्न हरियो, पहोलो, सुन्तला र रातो रङ्गमार्फत जनचेतना फैलाउने उद्देश्य राखेको छ् ।

तटीय क्षेत्रका समुदायलाई बाढी वा डुवानको जोखिम बारे समयमै जानकारी दिने उद्देश्यले गेज मिटर स्थापना गरिएको कुतियाकवर विपद् व्यवस्थापन समिति दोधारा चाँदनीका संयोजक टेक बहादुर सुनारले बताउनुभयो । यसले पूर्वसूचना प्रवाहको माध्यमबाट पालिका तथा विपद् व्यवस्थापन समितिहरुलाई प्रभावित क्षेत्रका नागरिकहरुलाई सुरक्षित आश्रय स्थल तर्फ सार्न सहयोग पुग्ने उहाँले बताउनुभएको छ् ।

कुतियावकर झोलुङ्गे पुलबाट हिड्ने व्यक्तिहरुले सहज रुपमा देख्न र बुझ्न सक्ने गरि स्थापना गरिएको यस गेजले पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्न साथै समग्र रुपमा विपद् जोखिम न्यूनिकरणमा भुमिका खेल्ने संयोजक टेक बहादुर सुनारको भनाई रहेको छ् ।

यस अघि महाकाली ४ लेनको पक्की पुलमा समेत कलर कोड सहितको गेज मिटर स्थापना गर्ने कार्य अघि बढाईएको छ् ।

 

ताजा समाचार

spot_img