हात्तीपीडित राना र चौधरीको परिवारलाई आर्थिक शैक्षिक सहयोग

महेन्द्रनगर: कञ्चनपुर जिल्लाका दक्षिणी क्षेत्रका दुई हात्तीपीडित परिवारलाई आर्थिक शैक्षिक सहयोग गरिएको छ ।

गत असोजमा जंगली हात्तीको आक्रमणमा परेर ज्यान गुमाएका पीडित परिवारलाई रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा संचालित मानव हात्तीद्वन्द्व न्यूनिकरण र मध्यवर्ती क्षेत्र सचेतना परियोजना मार्फत हात्ती पीडित परिवारलाई नगदका साथै शैक्षिक समाग्री सहयोग गरिएको हो।

मानव हात्तीद्वन्द्व न्यूनिकरण र मध्यवर्ती क्षेत्र सचेतना परियोजना संयोजक डा. बलराम अवस्थीले गत असोजमा जंगली हात्तीको आक्रमणमा परि ज्यान गुमाएका लालझाडी गाँउपालिका- ४ डाँगाजाईका रामदल राना र बेलौरी नगरपालिका- ६ ढक्का चाँदरका उमेश चौधरीको परिवारलाई आर्थिक एव शैक्षिक सहयोग गरिएको परियोजना संयोजक डा. अवस्थीले बताउनु भयो। उनका अनुसार, बन्यजन्तु पीडित परिवारको शैक्षिक आर्थिक, समाजिक क्षेत्रमा सहयोग पु¥याउने उदेश्यका साथ हात्तीबाट मारिएका राना, चौधरी परिवारलाई नगद १०÷१० हजारका साथै आश्रित परिवारका बालबालिकाहरुलाई शैक्षिक समाग्री कापी, कलम, पेन्सिल वितरण गरिएको छ ।

स्थानीय जनप्रतिनिधी, सरोकारवालाको उपस्थितिमा दुवै परिवारलाई सहयोग गरिएको हो । मृतक उमेशका बाबु जोगराज चौधरी र अर्का मृतक रामदल रानाकी श्रीमती चन्द्रावती रानालाई नगद रकम एव शैक्षिक समाग्री हस्तान्तरण गरिएको छ ।

चौधरीको मैनाह जंगल र रानाको उखुखेतमै हात्तीले आक्र्रमण गरेर ज्यान लिएको थियो । यसरी दुवै हात्ती पीडित परिवार घरमै आएर आर्थिक, शैक्षिक सहयोग पाएपछि हर्षित भएका छन ।
बेलौरी नगरपालिका ६ का वडाध्यक्ष चौधरीले पछिल्ला दिनहरुमा हात्ती मानव बस्तीमा पस्न थालेपछि चुनौती थपिएको बताए ।

वडाध्यक्ष चौधरीले हात्ती नियन्त्रणका लागि योजना अघि सार्नुपर्नेमा जोडदिएका छन । मानव हात्तीद्वन्द्व न्यूनिकरण र मध्यवर्ती क्षेत्र सचेतना परियोजनाले पछिल्ला बर्षहरुमा कञ्चनपुररमा मानव बन्यजन्तुविच द्वन्द्व न्यूनिकरणले सुरक्षाका क्षेत्रमा समुदाय स्तरमा कार्यक्रम गर्दै आएको छ ।

कञ्चनपुरका झण्डै एक दशकदेखि ठुला बन्यजन्तु हात्ती, बाघ, चितुवा, गैडाको आक्र्रमण बढ्न थालेपछि नागरिक त्रसित भईरहेका छन । सिद्धनाथ विज्ञान क्याम्पसका उपप्राध्यापक समेत रहेका मानव हात्तीद्वन्द्व न्यूनिकरण र मध्यवर्ती क्षेत्र सचेतना परियोजना संयोजक डा. बलराम अवस्थीले मानव बन्यजन्तु दुवैको सहअस्थित्वका कार्यक्रम संचालनका लागि सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोडडदिएका छन ।

ताजा समाचार