खेलकुद प्राथमिकता दिदै शुक्लाफाँटा स्थानीय सरकार, झलारीमा आधुनिक कर्बडहल

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका बगरमा एक आधुनिक कर्बडहल निर्माण गरिएको छ । शुक्लाफाँटा नगरपालिका १० झलारी सुनबरा नदीको बगरमा आधुनिक कर्बडहल निर्माण गरिएको हो ।नगरपालिकाले आफ्नै स्रोतमा सुनबरा नदी बगर प्रयोग गरेर कर्बडहल निर्माण गरेको जनाएको छ । यस अघि उक्त क्षेत्र सुनबरा नदीको कटानीले बगरमा परिणत गरेको थियो । नगरपालिकाले त्यही बगर सदुरुपयोग गर्दै खेलाडीका लागि आधुनिक पक्की भवन निर्माण गरेको नगरपालिकाले जनाएको छ ।

शुक्लाफाँटा नगर प्रमुख रण बहादुर महराले खेलाडीको बृद्धि विकासका लागि आधुनिक कर्डहल निर्माण गरेको बताए । ‘यो कर्बडहल हामीले आफ्नै स्रोतबाट बनाएका हौँ, ‘उनले भने, ‘हामी निर्वाचित अवागै खेलकुद विकासको पनि हामीले एजेण्डा अघि सारेका थियौँ, नगरकै गौरबको योजना अघि बढाएका छौँ ।’ मेयर महराले ३करोड ५०लाख बजेटमा २करोड ६९लाख बजेटमा निर्माण गरिएको बताए । दुई ब्याटमिन्टन कोड, प्याराफिट, चेन्जिङ्गरुप, शौचालाय सहित निर्माण गरिएका छन । मेयर ओझाले आगामी दिनमा कर्बहल क्षेत्रमै खेलकुद मैदान निर्माण गर्ने योजना रहेको बताए । नगरमा कर्बहलसंगै खेलकुद मैदान समेत संगै निर्माणले एक कोसेढुङ्गा सावित भएको बताए ।

खेलाडीको आवश्यकता अनुरुप ईण्डोर प्रतियोगिता संचालन गर्न हामीले बजार नजिकै भवन निर्माण गरेका छौँ, ‘मेयर महराले भने, ‘अब नगरका खेलाडीले बाह्य स्थान गएर खेलकुद खेल्नु पदैन ।’ शुक्लाफाँटा नगरपालिका ईन्जिनियर दिपक धामीले एसएनएस जयलक्ष्मी जेभीले ०६९ असारदेखि शुरु भई गत ०८१ कार्तिकमै सम्पन्न गरेको बताए । शुक्लाफाँटा नगरका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले उक्त कर्बडहललाई संचालनका लागि नगरखेलकुद समितिलाई जिम्मेबारी दिईएको बताए । ‘यसलाई हामीले अब नियमित संचालन गछौँ, ‘उनले भने, ‘नगरकै खेलकुद बृद्धि विकासका लागि राम्रो बनाउने योजना छ ।

’ शुक्लाफाँटा नगर खेलकुद समितिका अध्यक्ष चक्र साउदले नगरमा खेलकुदका लागि ईन्डोर नहुँदा समस्या भएको बताए । ‘यस अघि हाम्रो यहाँ खेलकुद खेल्न कर्बडहल थिएन, खेल्न समस्या हुन्थ्यो, ‘उनले भने, ‘अब खेलाडीलाई सहज हुने भएको छ ।’ नदीले बनाएको बगरमा कर्बडहल निर्माण भएपछि स्थानीय समेत हर्षित भएका छन । स्थानीय अनिता नेपालीले कर्बहडल निर्माण भएसंगै यहाँ खेलाडीको चहलपहल बढ्ने बताईन । उनले कर्बडहल र गाँउबस्ती जोगाउन तटबन्ध आवश्यक रहेको औल्याईन ।

ताजा समाचार