कञ्चनपुरमा ग्रासरुट फुटबल बिकासका लागि खेलकुद सामग्री वितरण

महेन्द्रनगर: कञ्चनपुर जिल्ला फुटबल संघ कञ्चनपुरले ग्रासरुट फुटबल बिकासका लागि खेलकुद सामग्री वितरण गरेको छ।

बिहिवार बेदकोट नगरपालिका वडा न.२ मा ग्रासरुट फुटबल बिकासका लागि निरन्तर प्रशिक्षणमा रहेका खेलाडी लाई मध्यनजर गर्दै कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले खेलकुद सामग्री हस्तान्तरण गरेको हो।

बेदकोट नगरपालिका वडा न.०२ बैजनाथ माध्यमिक विद्यालय जडेपानीको प्राङ्गणमामा नियमित रुपमा ग्रासरुट फुटबल बिकास लागि सञ्चालनमा रहेको फुटबल प्रशिक्षण लाई मध्यनजर गर्दै फुटबल प्रशिक्षक लोक पातली लाई फुटबल कोन लगायतका आवश्यक सामग्री महासचिव रावल,जिल्ला फुटबल संघ सदस्य एवं नगर खेलकुद समिति अध्यक्ष प्रजापति भट्टले खेलाडी,प्रशिक्षक लाई सामग्री दिएका छन्।

ताजा समाचार