‘सौर्य उर्जा सिचाई प्रणाली’ द्धारा कञ्चनभोजमा झण्डै ४ सय बिद्याह जग्गामा सिचाई हुने

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सौर्य उर्जा सिचाई प्रणालीद्धारा झण्डै ४ सय बिद्याह जग्गामा सिचाई ब्यवस्था गरिने भएको छ् । महाकाली सिचाई तेस्रो परियोजना अन्तर्गत दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोजमा सौर्य उर्जा सिचाई प्रणाली जडान निमार्ण कार्य अन्तिम चरणमा पुगेको निमार्ण कम्पनीले जनाएको छ् । आर्थिक वर्ष २०७७/०७८ मा सम्झौता गरि डियुपी निमार्ण कम्पनी काठमाण्डौंले झण्डै ३ सय घरधुरीको ४ सय बिद्याह जग्गामा सिचाईको ब्यवस्था हुने गरि सौर्य उर्जा सिचाई प्रणाली जडान निमार्ण कार्य अन्तिम चरणमा पुगाएको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले जानकारी दिनुभएको छ् ।

उक्त निमाण कार्यको लागी महाकाली सिचाई तेस्रो परियोजना संग रु. ७ करोडमा ठेक्का सम्झौता भई निमार्ण कार्य सुरु गरिएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभयो । जगबुडा नदीलाई पानीको श्रोत बनाएर निमार्ण कार्य अघि बढाएको सौर्य उर्जा सिचाई प्रणालीमा ३ सय धारा जडान गरिने बताईएको छ् । हाल ५ वटा ईनार निमार्ण कार्य दु्रत गतिमा सञ्चालन भईरहेको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभयो ।

सौर्य उर्जा सिचाई प्रणाली जडान निमार्ण कार्य सम्पन्न पश्चात कञ्चनभोजका किसानहरुलाई सिचाईको समस्या हल हुने उहाँको भनाई रहेको छ् । कञ्चनभोजका झण्डै ९५ प्रतिशत बढी जनसंख्या कृषि क्षेत्रमा निर्भर रहे तापनि सिचाईकै कारण खाद्यान्न उत्पादनमा आत्मनिर्भर हुन नसकेको बताईएको छ् ।

तसर्थ कृषि क्षेत्रको प्रभावकारिता वृद्धि गर्दै उत्पादकत्व वृद्धि गर्न सिचाईको आवश्यकतालाई महशुस गरि कञ्चनभोज क्षेत्रमा स्थानियबासीहरुले सौर्य उर्जा सिचाई प्रणालीद्धारा सिचाईको ब्यवस्था गरिदिन माँग गरेका थिए ।

ताजा समाचार