दोधारा । ‘हाम्रो आवाज चेलिबेटी बेचबिखनबाट मुक्त समाज’ भन्ने मुल नाराका साथ स्थापना भएको माइती नेपालको ३३ औं स्थापना दिवसको अवसरमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार बिरुद्व दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ कञ्चनभोज आसपास नेपाल–भारत खुला सिमा बस्तीहरुमा सामुहिक प्रतिबद्धता यात्रा सहित पोष्टर पम्पलेट टास्नुका साथै बितरण गर्दै व्यानर प्रदर्शन गरिएको छ् । स्थापना दिवसको अवसरमा माईती नेपालको घरदैलो कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधी लगाएत स्थानियबासीहरुको सहभागिता रहेको थियो । दलालहरुले के कस्ता तरिका अपनाई महिला तथा बालबालिकालाई झुक्याउने त्यस्ता दलालबाट कसरी बच्ने, स्थानीय सरकार एवं स्थानीय समुदायको भुमिका बारेमा स्थानियबासीहरु संग छलफल गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभएको छ् ।


दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रको बस्ती कञ्चनभोजमा स्थानियबासीहरुले माईती नेपाल कञ्चनपुरले संचालन गरेको जनचेतनामुलक सन्देश प्रवाह कार्यक्रमलाई औधी रुचाएको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभयो । मानव बेचबिखन बिभिन्न माध्यमबाट दलालहरुले गरिरहेको हुदा हामी सबै सचेत भई यस बिरुद्व लाग्नुपर्ने वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभएको छ् ।

२०४९ साल चैत्र २४ मा ‘हाम्रो आवाज : चेलिबेटी बेचबिखनबाट मुक्त समाज’ भन्ने मुल नाराका साथ स्थापना भएको संस्था माईती नेपालले मानव बेचबिखन रोकथामका लागि जनचेतनामुलक कार्यक्रमहरु समुदाय स्तरसम्म संचालन गर्नुका साथै नेपालका बिभिन्न नाकाहरुमा सूचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला बालबालिकाहरुको उद्वार, भारत लगाएतका देशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला बालबालिकाहरुको उद्वार, आवाशीय सेवा, मनोसामाजिक परामर्श, कानूनी सहायता, स्वास्थ्य सेवा लगायत प्रदान गर्दै सीपमुलक तालिम, परिवार र समाजमा पुर्नमिलनका कार्य गर्दै आएको संयोजक महेश्वरी भट्टले बताउनुभएको छ् ।







