दोधारा चाँदनीको दशगजा क्षेत्रमा हात्ती मृत फेला

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रको दशगजा क्षेत्रमा एक बयस्क हात्ती मृत फेला परेको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोल नजिक नेपाल–भारत सिमा स्तम्भ नम्वर ८ सयको झण्डै ५ सय मिटर दक्षिण दशजगा क्षेत्रमा मृत अवस्थामा एक बयस्क हात्ती मृत फेला परेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म दोधारा चाँदनी देविस्थानका गुल्मपती तथा सशस्त्र प्रहरी नायक उपरिक्षक सन्तोष बिर सिंहले जानकारी दिनुभएको छ् ।

गएराती सशस्त्र प्रहरीको गस्तीटोलीले दशगजा क्षेत्रमा मृत अवस्थामा हात्तीलाई देखेको उहाँले बताउनुभयो । आज बिहान दुबै देशका सुरक्षाकर्मी, बनकर्मीले घट्नास्थलमा पुगेका छन् । मृत हात्तीको शरिर दशगजामा र टाउको नेपाली भुमीमा रहेको बताईएको छ् ।

समाचार तयारपारुञ्जेल घट्नास्थलमा दुबै देशका प्राबिधिक टोली पुगेका छन् । हात्ती मृत्यु भएको कारणको अनुसन्धान भईरहेको दुबै देशका सुरक्षाअधिकारीहरुले जनाएका छन् ।

 

ताजा समाचार

spot_img