६८ औं सहकारी दिवस भब्यताको साथ सम्पन्न, दिवसको अवसरमा बतृत्वकला प्रतियोगिता

दोधारा । ६८ औं सहकारी दिवसको अवसरमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बतृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ् । ‘मर्यादित सहकारी, सम्मुन्नत समाज’ नारा सहित दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी तथा सहकारी बिकास शाखा कार्यालयको आयोजनामा बतृत्वकला प्रतियोगिता सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी तथा सहकारी बिकास शाखाका शाखा प्रमुख कमलापती भट्टले जानकारी दिनुभएको छ् । सहकारी दिवसको अवसरमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका ७ वटा सहकारी संस्थाले जनचेतनामुलक ब्यानर, प्लेकार्ड सहित नगर परिक्रमा गरेका थिए ।

कार्यक्रममा ७ वटा क्रियाशिल सहकारीको सहभागिता रहेको शाखा प्रमुख कमलापती भट्टले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा सञ्चालन गरिएको सहकारी दिवसमा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, नगरउपप्रमुख गंगा जोशी, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, कृषी तथा सहकारी बिकास शाखाका शाखा प्रमुख कमलापती भट्ट लगाएत सहकारीका कर्मचारी, सहकारी सञ्चालक समिति पदाधिकारी, शेयर सदस्य, बिद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी तथा सहकारी बिकास शाखाका शाखा प्रमुख कमलापती भट्टले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले ६८ सहकारी दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ब्यक्त गर्नुभएको छ् । नगरपालिका क्षेत्रमा केही सहकारी संस्थाहरुले उत्कृष्ट कार्य गर्दै आएको बताउनुभयो ।

बतृत्वकलामा बिजय भएका बिद्यार्थीहरुलाई सम्मान गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी तथा सहकारी बिकास शाखा कार्यालयले जनाएको छ् ।

ताजा समाचार

spot_img