पप्पु गुरुङ्ग, दोधारा । सशस्त्र प्रहरीको एक टोली पानी ल्याउन हतारो छ् । सबै तिर दौडा दोडमा छन् । केही प्राथमिक उपचारको सामग्री लिन हतारो गर्दै, कोही स्टेचरमा घाईते बोक्न । सबै दौडा दोडमा छन् । सशस्त्र प्रहरीको बर्दी पानीले निथु्रक्क बिजेको छ् । घाईतेलाई प्राथमिक उपचारको लागी एक टोली खटिएका छन् । सबै पानी, पसिनाले निथ्रक्क भिगेका छन् । सबै हतार हतारमै छन् । ‘चाडो–चाडो’ सबैको मुखमा एउटै आवाज छ् । चारै तिर आगोको कालो मुस्लोले बादल बनेको छ् । धुवाले सबैको अनुहार कालो, निलो छ् । दोधारा चाँदनी नगरपालिका– ३ जमुना आधारभुत बिद्यालयको प्रांगणमा यस्तो क्रियाकलापले सबै स्थानियबासी हेर्या हेर्यै रहे । यो थियो– सशस्त्र प्रहरीले गरेको आगलागी सम्बन्धी कृत्रिम अभ्यासको ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म दोधारा चाँदनी देविस्थानको आयोजना र दोधारा चाँदनी नगरपालिका र नेपाल रेडक्रस सोसाईटी दोधारा चाँदनीको सहकार्यमा आगलागी सम्बन्धी कृत्रिम अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म दोधारा चाँदनी देविस्थानका गुल्मपती तथा सशस्त्र प्रहरी नायक उपरिक्षक सन्तोष बिर सिंहले जानकारी दिनुभएको छ् । सशस्त्र प्रहरीको टोलीले आगलागी सम्बन्धी कृत्रिम अभ्यास गरेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ३ का वडाध्यक्ष हरि सिंह धनाडीले बताउनुभएको छ् ।
दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ जमुना आधारभुत बिद्यालयको प्रांगणमा गरिएको कृत्रिम भए पनि घटनालाई वास्तविक जस्तै बनाईएको थियो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा हुने आगलागी घट्नालाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले नमुना कृत्रिम अभ्यास गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता हरि सिंह धनाडीले बताउनुभयो । हावाहुरीको समय भएको र आगलागीका घटना भईरहने हुदा यसबाट बच्ने उपाय सहित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म दोधारा चाँदनी देविस्थानको आयोजनामा पूर्व अभ्यास गरिएको नगर प्रबक्ता हरि सिंह धनाडीले बताउनुभएको छ् । नगर क्षेत्रमा आगलागीको जोखिम भएकाले स्थानीयलाई सुसूचित गराउने तथा पुर्व अभ्यासको लागी कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म दोधारा चाँदनी देविस्थानले आयोजना गरेको आगलागी सम्बन्धी कृत्रिम अभ्यासमा दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशी, नगर प्रबक्ता हरि सिंह धनाडी, रेडक्रसकर्मी, स्थानियबासी लगाएत सरोकारवालाहरुको बाक्लो उपस्थिी रहेको थियो । सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रण, उद्धार तथा घाइतेहरुको उपचारको अभ्यास गरिएको थियो । कृत्रिम घटना अभ्यास अवलोकन गरेपछि आगलागीका बारेमा धेरै कुराको जानकारी प्राप्त भएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका उपसभापती कमला उपाध्यायले बताउनुभएको छ् ।
आगलागी सम्बन्धी नमुना कृत्रिम अभ्यास निकै समय सान्द्रभिक रहेको रेडक्रसकर्मी कमला उपाध्यायले बताउनुभयो । विपद् आएको बेला आफ्नो, घरपरिवार, छर छिमेकको ज्यान जोगाउने तथा धनजनको क्षती कसरी रोक्ने बिषयमा अभ्म्यास गरिएको रेडक्रसकर्मी कमला उपाध्यायले बताउनुभयो । घर र सिलिण्डर ग्यासमा आगलागी भएपछि कसरी नियन्त्रण गर्ने बिषयमा अमुना अभ्यास गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म दोधारा चाँदनी देविस्थानले सञ्चालन गरेको आगलागी सम्बन्धी कृत्रिम अभ्यासले नगर क्षेत्रमा हुदै आएको आगलागी नियन्त्रणलाई केही हद सम्म सहयोग पुग्ने स्थानियबासीहरुले बताएका छन् । आगामी दिनहरु जनचेतनामुलक कार्यक्रम गर्दै जाने सशस्त्र प्रहरीले जनाएको छ् ।
