दोधारा । दोधारा चाँदनी नगरपालिकाको अठार नम्वर पिल्लर बस्तीमा निमार्ण भईरहेको पक्की तटबन्धको अनुगमन गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० अठार नम्वर पिल्लर बस्ती जोगाउन निमार्ण भईरहेको पक्की तटबन्ध निमार्ण कार्यको दोधारा चाँदनी नगरपािलकाका नगर प्रमुख किशोर कुमार लिम्बु लगाएतको एक टोलीले निमार्ण कार्यको अनुगमन गर्नुभएको छ् । लहलहाउदो बाली बिनाश संगै मानव बस्ती विस्थापनको सिकार भईरहेका अवस्थामा पक्की तटबन्ध निमार्ण कार्यले कोषेढुङ्गा साबित हुने दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बिश्वास लिएका छन् ।

पश्चिम/दक्षिण दिशा भएर बग्ने जगबुडा नदीले अठार नम्वर पिल्लर बस्तीको उर्वरक भुमी लगातार हिउद र वर्षायाममा बगाउदै गएको अवस्था उर्वरक जग्गा जोगाउन निमार्ण गर्न लागिएको पक्की तटबन्धले स्थानियबासीमा ठुलो राहत महशुस भएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । भारतको अधिनमा रहेको जगबुडा नदीले वर्षात र हिउदमा स्थानियबासीको जग्गा कटानी गर्दै आएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्र संग जोडिएको अठार नम्वर पिल्लर बस्तीमा जम्मा ८ घरधुरी रहेको छ् ।

डाईनामाईक निमार्ण सेवाले आउदो असार मसान्तमा सक्ने गरि ४ सय ५५ मिटर पक्की तटबन्ध निमार्ण कार्यको थालनी गरेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । जनताको आवश्यकता अनुसार बिभिन्न खाले योजनामा नगरपालिकाले संघिय सरकार, प्रदेश सरकार संग हातेमालो गर्दै योजना बनाउदै आएको उहाँको भनाई छ् । दोधारा चाँदनी नगरपालिको भारत संग जोडिएको अठार नम्वर पिल्लर बस्ती जोगाउन सुरु गरिएको पक्की तटबन्ध निमार्ण कार्यले बस्तीबासीलाई ठुलो पिडा हल भएको अठार नम्वर पिल्लर बस्तीका स्थानियबासी दिल बहादुर राना क्षेत्रीले बताउनुभयो ।

वर्षायामा नजिकै रहेको जगबुडा नदीले उर्वरक जग्गा कटानी संगै बस्ती बिस्तापित गर्न थालेको अवस्थामा बस्ती नजिक जगबुडा नदीको पानीलाई छेक्ने गरि तटबन्ध निमार्ण हुन थालेपछि स्थानियबासीहरुमा खुशीयाली छाएको स्थानियबासी दिल बहादुर राना क्षेत्रीले बताउनुभएको छ् ।






