पप्पु गुरुङ्ग, दोधारा । नेपाल–भारत सिमा क्षेत्रको अठार नम्वर पिल्लर बस्ती जोगाउन पक्की तटबन्ध निमार्ण कार्य सुरु गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १० को जगबुडा नदीको पारि नेपाल–भारत सिमा संग जोडएको बस्ती अठार नम्वर पिल्लर बस्ती जोगाउन महाकाली सिचाई तेस्रो चरण आयोजन अन्तर्गत पक्की तटबन्ध निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिनुभएको छ् । अठार नम्वर पिल्लर बस्तीको पश्चिम–दक्षिण भएर बग्ने जगबुडा नदीले बर्सेनी ठूलो धनजनको क्षति गर्दै आएको छ् । बस्ती नजिक भएर बग्ने जगबुडा नदीले वर्षा संग हिउदमा समेत जग्गा कटानी गर्न थालेपछि अठार नम्वर पिल्लर बस्तीका स्थानीय किसानहरुमा पीडा थप्दै आएको हो ।

बिगत लामो समय देखी जगबुडा नदीले कटानी गर्दै बस्तीनै बिस्तापितको संघारमा पुगेको अठार नम्वर पिल्लर बस्तीमा पक्की तटबन्ध निामर्ण कार्य सुरु भए संगै स्थानियबाससीहरुमा खुशीयाली छाएको वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभयो । डाईनामाईक निमार्ण कम्पनीले अषाढ मसान्तमा सक्ने गरि ४ सय ५५ मिटर पक्की तटबन्ध निमार्ण कार्य सुरु गरे संगै जगबुडा नदीको डुवान र कटानबाट बस्ती सुरक्षित हुने वडाध्यक्ष सिंहले बताउनुभएको छ् । महाकाली नदीमा आएको तीव्र गतीको पानीको बहवाले जगबुडा नदीको पानीको बहावलाई रोकिदिएपछि जगबुडा नदीको पानी ओभरफ्लो भएर अठार नम्वर पिल्लर बस्तीमा पस्ने गर्छ् वर्षातामा बस्तीमा पानी पसेपछि उनिहरु बिस्तापित हुने गर्छन् । पानीको बहाव कम भए संगै प्राय: स्थानीयवासी घरमा फर्किने गर्छन् ।
८ घरधुरी रहेको अठार नम्वर पिल्लर बस्ती स्थानियबासीहरुले बिगत लामो समय देखि जगबुडा नदीले गर्दै आएको डुवान तथा जग्गा कटानी रोकन पक्की तटबन्ध निमार्णको माँग गर्दै आएका थिए । बिगत लामो समय देखि जगबुडा नदीले वर्षात तथा हिउदै दुबै याममा जग्गा कटानी गर्दै आउने समस्या हल हुने भएको सथानियबासी निर्मला सुनारले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको जगबुडा नदीको पारिको भारत संग जोडिएको दुर्गम बस्ती भने चिनिने अठार नम्वर पिल्लर बस्तीमा पक्की तटबन्ध निमार्ण हुन लागेपछि डुवान तथा खेतीयोग्य जग्गा कटानी रोकिने स्थानियबासी निर्मला सुनारले बताउनुभएको छ् ।
बर्षेनी जगबुडा नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी जग्गा कटानी गर्दै आएपछि अठार नम्वर पिल्लर बस्ती बाढीको उच्च जोखिममा परेको स्थानियबासीहरु बताउछन् । २०४६ साल सम्म २२ घरधुरी रहेको र हाल आएर बाढी र सिमामा भारतियहरुको ज्यादतीको कारण अठार नम्वर पिल्लर बस्तीमा ८ घरधुरी रहेको छ् ।
बिगतका दिनहरुमा बालबालिकाको पठनपाठन देखि लिएर गाँउ, बस्तीमा हुदै आएको कलह भएपछि भारतीय पञ्चायतमा धाउने उनिहरु शुदुरपश्चिम प्रदेश सरकारले झोलुङ्गे पुल निमार्ण गरेपछि मात्रै नेपाल संग जोडिन पुगेका हुन् ।
