दोधारा चाँदनीमा तिन महिने क्रिकेटको प्रशिक्षण सुरु, योग्य खेलाडी उत्पादन हुने बिश्वास

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका क्रिकेट प्रशिक्षण सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका युवाहरुको माँगलाई ध्यानमा राख्दै क्रिकेट प्रशिक्षण सुरु गरेको दोधारा चाँदनी नगरपालिका नगर बिकास समितिका अध्यक्ष दिवान चन्दले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा क्रिकेटका क्रेज बढ्दो रहेको र युवाहरुको माँग भए अनुसार ३ महिने क्रिकेट प्रशिक्षण सुरु गरिएको नगर बिकास समितिका अध्यक्ष दिवान चन्दले बताउनुभएको छ् । उहाँले नगर क्षेत्रका ६० जना युवाहरुलाई प्रशिक्षण दिईन लागिएको बताउनुभएको छ् । अहिले क्रिकेटको प्रशिक्षण सुरु गरिएको चाडै फुटवलका प्रशिक्षण गर्न नगर खेलकुद बिकास समितीले तयारी गरेको नगर खेलकुद बिकास समितिका अध्यक्ष चन्दले बताउनुभयो ।

क्रिकेट प्रशिक्षण कार्यक्रमको उद्धघाटन गर्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकाले नगरको खेलकुदको बिकास गर्न लगानी गर्दै आएको बताउनुभएको छ् । क्रिकेटमा नेपालले मुहार फेरे संगै क्रिकेट नगर क्षेत्रमा खेलमा रुची राख्ने युवाहरुको जमात बढेको बताउनुभयो । नेपालमा खेलको माध्यमबाटै देशलाई समृद्ध बनाउन सकिने नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

खेलले एउटा कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्ने बताउदै आर्थिक, सामाजिक तथा खेलकुद विकासमा ध्यान दिन केन्द्र र प्रदेश सरकारलाई नगरप्रमुख लिम्बुले आग्रह गर्नुभएको छ् । खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने उहाँको भनाई छ् ।

कार्यक्रममा १५ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा छनौट प्रतियोगितामा पदक बिजयता खेलाडीहरुलाई सम्मान सहित नगद धनरासी समेत प्रदान गरिएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीले जनाएको छ् ।

ताजा समाचार

spot_img