कञ्चनपुर: सत्ताधारी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले कञ्चनपुरका तीन क्याम्पसमा प्यानलै जितेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्र्तरगत रहेका जिल्लाका तीन क्याम्पसमा नेवि संघले सिङ्गै प्यानल जितेको हो ।

नेवि संघ कञ्चनपुरका अध्यक्ष नरेश पण्डितले बेलडाँडीको रौलेश्वर आर्दश जनता बहुमुखी क्याम्पस, पुर्नवासको जनता बहुमुखी क्याम्पस र दोधाराचाँदनीको भानु बहुमुखी क्याम्पसमा प्यानल निर्विाचित भएको बताए ।
रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पसमा नेवि संघका मोहन जैसीले अनेरास्ववियुकी सबिना खत्रीलाई ३२मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका छन । जैसीले ६२, खत्रीले ३०मत ल्याएकी छिन ।यस्तै सचिवमा नेवि संघकै बिनिता साउद, कोषाध्यक्ष सर्मिला जोशी, सदस्य नरेन्द्र उपाध्याय, धनु उपाध्याय, निर्वाचित भएका छन । रौलेश्वरमा १२१मतदाता मध्ये ९४मत खसेका थिए ।

जनता बहुमुखी क्याम्पस पुनर्वासमा नेवि संघका विकास खडकाले अनेरास्ववियूका प्रविन भुललाई ५मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका छन । खडकाले ४५,अनेरास्ववियुका भुलले ४० र अखिल क्रान्तिकारीका मनोज साउदले ३२मत ल्याएका छन ।
सचिवमा एकेन्द्र सिह ठकुरी, कोषाध्यक्ष जानकी कुमारी उपाध्याय, सदस्य पुजा विष्ट, सरिता ऐडी र करुढणा लुहागन निर्वाचित भएका छन । जनतामा कुल मतदाता १सय २८ मध्ये १सय २०मत खसेका थिए ।
भानु बहुमुखी क्याम्पसमा नेवि संघका सुभास नेगीले अनेरास्ववियुका दशरथ भट्टलाई ३०मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका छन । नेगीले ५० र भट्टले २४ मत ल्याएका छन । यस्तै नेवि संघकै सचिवमा पुजा कुँवारी साउद, कोषाध्यक्ष बर्षा बुढाक्षेत्री र सदस्यमा सेजन शर्मा, प्रितम जोशी र कविता पुजारा निर्वाचित भएका छन ।
भानुमा १०८मध्ये ९६ मत खसेका थिए । भानु बहुमुखी क्याम्पसमा पहिलो पटक निर्वाचन भएको हो । भानु बहुमुखी क्याम्पस स्थापना भएको १७औँ बर्षमा स्ववियु निर्वाचन भएको जनाएको छ । भानु बहुमुखी क्याम्पसका अध्यक्ष भरत दत्त भट्टले ऐतिहासिक निर्वाचन भएको अब विद्यार्थी, समितिदेखि शिक्षक, कर्मचारी मिलेर क्याम्पसको बृद्धि विकासमा जोडदिएका छन ।
बेलौरीको महाकाली र कृष्णपुरको जनता बहुमुखी क्याम्पसमा मत गणना भईरहेको छ । त्रिविको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान सहितका केही क्याम्पसमा विवादले निर्धारित समयमा निर्वाचन हुन सकेको छैन ।
