विश्वव्यापी मुद्रा सप्ताह २०२५: बित्तिय साक्षरता कार्यक्रम महेन्द्रनगरमा सम्पन्न

महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा विश्वव्यापी मुद्रा सप्ताह २०२५ अन्तर्गत बित्तिय साक्षरता कार्यक्रम महेन्द्रनगरमा सम्पन्न भएको छ।

कञ्चनपुर जिल्लाको स्थित भीमदत्त नगरपालिका वडा न. १८ मा रहेको महेन्द्रनगर नमुुना मा.बि. महेन्द्रनगर कंचनपुुर (साधारण स्कुल ) मा विश्वव्यापी मुद्रा सप्ताह २०२५ (Global money week 2025) अन्तर्गत बित्तिय साक्षरता कार्यक्रम महेन्द्रनगरमा मनाएको हो।

गरिमा बिकास बैंक लिमिटेड महेन्द्रनगर शाखाले युुवा तथा बयश्य लाई बित्त सम्बन्धि जानकारी तथा बढदो डिजिटल बित्तिय धोका बारेमा सजग गराउने मुख्य उद्देश्यले १२ कक्षाका ७० जना बिद्यार्थी लाई बित्तिय साक्षरता कार्यक्रम गरिएको महेन्द्रनगर शाखा कर्जा ईकाइ कर्मचारी राम बहादुर शाहीले बताउनु भयो।

साक्षरता कार्यक्रमको सहजकर्ता तथा समापन महेन्द्रनगर शाखा प्रमुख कमल प्रसाद जैशीले गर्नु भएको थियो भने कार्यक्रम संचालन कर्जा ईकाई कर्मचारी राम ब.शाहीले गर्नु भएको थियो।

ताजा समाचार