कञ्चनपुर : सुदूरपश्चिम प्रदेश खेलकुद परिषद सदस्य सचिवको पद पछिल्लो समयमा खेलकुद तर्फ चर्चाको विषय बनेको छ । खेलकुद परिषदमा नयाँ सदस्य सचिवको नियूक्तीको लागि दौडधूप चलेको छ ।

प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियूक्त भएका दिपकबहादुर सिंहको पदावधि सकिनै लाग्दा सत्तागठबन्धन दलले अब नयाँ सदस्य सचिव कसलाई नियूक्त गर्छ भन्ने खेल क्षेत्रमा कार्यरत संघ–संस्था, प्रशिक्षक, खेलाडी, खेलकुद प्रेमी लगायतमा कौतुहल बढिरहेको छ।
संघिय खेलकुद ऐनमा कार्यकारी पदका लागि खुल्ला प्रतिस्पर्धाबाट जानुपर्ने प्रावधान रहेपनि प्रदेश खेलकुद ऐनले सदस्य सचिवको राजनीतिक नियूक्ति गर्ने व्यवस्था गरेको छ । सुदूरपश्चिम प्रदेश खेलकुद ऐनले खेलकुद परिषद गठन गर्ने व्यवस्था गरेको छ । बि.सं. २०७६ सालमा जारी भएको उक्त ऐनले परिषदमा सदस्य सचिव राजनीतिक नियूक्ति गर्ने व्यवस्था रहेको छ। अहिले परिषदको सदस्य सचिव दिपक सिंह रहेका छन् । उनी सदस्य सचिवमा नियूक्त भएको २०८१ फागुन २८ गते चार वर्ष पुरा भएको तर, मन्त्रालयले मन्त्रीपरिषदले नियूक्त गरेको मिति भन्दा नियूक्तिपत्र दिएको मितिलाई अन्तिम मान्ने बताएको छ ।
उनको पदावधि सकिनै लाग्दा सो पदका लागि सत्तागठबन्धन दलमा रहेका खेलकुद आयोजक, प्रशिक्षक, खेलाडीहरु दौडमा छन् । तर, सरकारले नयाँ सदस्य सचिव नियूक्तिबारे सुरसार सुस्तरुपमा देखिएको छ । मन्त्रालयको अनुसार ‘खेलकुद परिषदका सदस्य सचिवको कार्यअवधि यहि चैत ७ गते सकिन्छ । खेलकुद ऐन २०७६ अनुसार परिषद गठनका प्रक्रिया उल्लेख छन । ऐनको दफा ३ अनुसार परिषद गठनका लागि सामाजिक विकास मन्त्री वा राज्यमन्त्री वा सहायक मन्त्री अध्यक्ष रहने छन । अध्यक्षको सिफारिसमा प्रदेश सरकारले नियूक्त गरेको व्यक्ति सदस्य सचिव रहने छ भने प्रदेश स्तरमा रहेका खेलकुदसम्बन्धी दर्ता भएका संघ, संस्थाहरुबाट मन्त्रालयले मनोनित गरेका कम्तीमा एक जना महिला सहित तीन जना सदस्य रहने छन ।
नयाँ सदस्य सचिव बन्नका लागि मुख्य गरी ५ योग्यता तोकिएको छ । ३० वर्ष पूरा भएको र ५५ वर्ष ननाघेको, नेपाली नागरिक, खेलकुद क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । साथै प्रचलित कानुनले अयोग्य घोषित नगरेको र स्वच्छ छवि भएको हुनुपर्ने प्रावधान छ ।
ज्ञानेन्द्र सिहको खेलकुद यात्रा
नेपाली काँग्रेस–पार्टीमा आबद्ध भई.समाजका विभिन्न संघसंस्थाहरूमा नेतृत्व एवम सल्लाहकारका रूपमा प्रचित हुदै युवा तथा खेलकुद क्षेत्रमा लगभग डेढ दशक (१४–१५) वर्ष देखि प्रत्यक्ष रूपमा कञ्चनपुर जिल्लालाई कर्मथलो बनाई सुदूरपश्चिमका नौ वटै जिलला हुदैं देश भरी युवामाँझ एक सरल स्वभाव, मितवही तथा अनुशासित व्यक्तिका रूपमा अगाडी बढेको क्रमठ युवा ज्ञानेन्द्र बहादुर सिंह कंचनपूर, जिल्ला लङ्गटेनिस संघका अध्यक्ष, नेपाल तेक्वान्दो संघ कंचनपुर जिल्लाका अध्यक्ष साथै विभिन्न संघहरुमा सल्लाहाकारका रूपमा अग्रसर हुनुहुन्छ ।
कञ्चनपुर जिल्ला खलेकुद विकास समिती पूर्व उपाध्यक्ष रहेका उनी नेपाली काग्रेस पार्टीमा नेपाल–लोकतान्त्रीक खेलेकुद संघ, नेपाल तरुण दल संग आवद्ध रहि नेपाली कांग्रेस पार्टीको केन्द्रिय खेलकुद विभागको केन्द्रिय सदस्य हुदैें हाल उहा नेपाली काग्रेस सुदूरपश्चिम कार्य समिती सदस्य तथा युवा तथा खेलकुद विभाग संयोजक समेत रहेका छन् । अन्य वातावरण, शिक्षाको क्षेत्रमा पनि विभिन्न संख्या संस्था संग काम गरेको अनुभव छ साथै भारत, रसिया, जर्मनी, चाईना, फिनलेण्ड, कतारको भ्रमणको अनुभब पनि रहेको छ।’
