अठार नम्वर पिल्लर बस्तीको नेपाली नागरिकको घर तोडफोड घटनाको सहमती : मेयर लिम्बु

दोधारा । मादक पदार्थ सेवन गरेको भारतीय समूहले कञ्चनपुरका एक नेपाली नागरिकको घर तोडफोड गरेको बिबाद सहमती भएको छ् । मादक पदार्थ सेवन गरेको भारतीय समूहले दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर को १८ नम्वर पिल्लर बस्ती सीमावर्ती गाँउका गणेश सुनारको घर र पसलमा तोडफोड गरेको होलीको दिन १ चैत्रमा समुहगतरुमा भारतीयहरु सुनारको घरमा आएका थिए । एक–आपसमै जुधेपछि गाँउ फर्किएका उनीहरु पुन: सुनारको घर आएर तोडफोड गरेका हुन् । तोडफोड गरेको उक्त भारतीय समूहले रकम समेत लुटपाट गरेको सुनारले बताए । ‘होलीको अन्तिम दिन थियो, प्रमोद यादव, महेशराज भाट, सुवास राजभाटसहित पााच–सातजना मेरो पसलमा आएका थिए,’ उनले भने, ‘उनीहरु बिचमै एक–आपसमा वादविवाद भयो ।

मैले र सशस्त्र प्रहरीले अव उप्रान्त झैझगडा नगर्न आग्रह गरेर घर पठाएका थियौं, त्यसको केही बेरमै ५०–६० जना घरेलु हतियार हासिँया, बन्चरो लिएर आएका थिए । घर र पसल तोडफोड गरिदिए ।’ उनीहरुले आफ्नो घरबाट दुई लाख ८५ हजार रुपैयाँ समेत लुटपाट गरेर लगेको सुनारले बताए । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले सिमा क्षेत्रको बस्ती अठार नम्वर पिल्लर बस्तीमा भएको लुटपाटको बिबाद सहमती भएको बताउनुभएको छ् ।

‘पिडित पक्ष, भारतिय जनप्रतिनिधी, नेपाली जनप्रतिनिधी, दुवै देशका सुरक्षाकर्मी तथा स्थानियबासीको रोहवरमा पिडित पक्षलाई क्षतीपुर्ती दिलाउदै लुटपाट तथा घर तोडफोड बिबाद सहमती गरिएको छ् ।’ नगरप्रमुख किहोर कुमार लिम्बुले भने–‘अव उपरान्त कसैले पनि यस्ता गतिबिधी गरिएको पाईएमा सजायको भागी हुने गरि कागज लेखि सहमती गरिएको छ् ।’

भारतीय पक्षबाट नेपाली नागरिक गणेश सुनारको घरमा भएको तोडफोड र अत्याचार निन्दनीय भएकाले अव उप्रान्त यस्ता घटना दोहोरिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने नगर प्रमुख बताए ।

ताजा समाचार