होलीमा विपद् सम्बन्धी जनचेतना सन्देश प्रवाह गर्दै दोधारा चाँदनीमा युवा

दोधारा । यतिबेला जताततै होलीको रौनक छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पनि होली पर्वका अवसरमा बिभिन्न कार्यक्रम संचालन भईरहेको छ् । बिशेष गरि युवा, युवतीहरु होलीको शुभकामना आदान प्रदान गर्न साथै मनोरंजन गर्ने उद्देश्यले होली खेलिरहेका छन् । तर दोधारा चाँदनी नगरपालिकाद्धारा गठन भएको उत्थानशिल युवा सञ्जालले भने जनचेतना प्रवाह गर्ने उद्देश्यले होली खेलेको छ् । उत्थानशील युवा संजाल दोधारा चाँदनीको एक टोली गाँउ–घरमा पुगेर विपद् सम्बन्धी जनतेतनामुलक सन्देश प्रवाह गर्नमा ब्यस्त देखिन्छ् । विपद्बाट बच्न स्थानियबासीमा चनाखो हुनु पर्ने सन्देश प्रवाह गर्दै सन्देशवाहक होली मनाईएको उत्थानशिल युवा सञ्जाल दोधारा चाँदनीका संयोजक दुर्गा बडुवालले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको बिशेष गरि बाढीग्रस्त टोल, बस्तीमा पुगेर विपद्मामा कसरी ज्यान संगै धनमाल जोगाउने भन्ने सन्देश प्रवाह गर्दै होली खेल्दै गरेको संयोजक दुर्गा बडुवालले बताउनुभएको छ् । सन्देश प्रवाह संगै होली खेलर संकलन गरिएको रकमले विपद्को कोष खडा गरि विपद् परेकाहरुलाई सहयोग गर्ने कार्यक्रम रहेको संयोजक बडुवालले बताउनुभएको छ् । युवाहरु हिजैबाट एकजुट भएर जनचेतनामुलक होली खेल्न थालेको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले युवाहरुले स्वस्फुर्तमा सञ्चालन गरेको जनचेतनामुलक होलीले सामाजमा सकारात्मक सन्देश दिएको बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्र बाढीग्रस्त क्षेत्र भएको र युवाहरुले होलीको अवसर पारेर सञ्चालन गरेको जनचेतनामुलक सन्देशवाहक होली कार्यक्रम स्वागत योग्य भएको बताउनुभएको छ् । बाढी संग जोडिएका समस्यालाई उजागार गरि विपद् प्रतिकार्यको लागी गर्नु पर्ने आवश्यक कुरा उजागर गर्दै होलीको अवसरमा जनमानसमा सन्देश प्रवाह गर्न अग्रसर भएका युवाहरुमा नगरप्रमुख किशोर कुमार लिम्बुले धन्यबाद दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका स्तरीय उत्थान्शील युवा सञ्जालले विगत देखि विपद व्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन, र पूर्वानुमानमा आधारित पुर्वकार्यका लागि समुदायलाई उत्थानशील बनाउनका लागि काम गर्दै आएको छ् ।

सञ्जालले बाढीजन्य विपद्को उच्च जोखिममा रहेका समुदायहरुलाई सचेत बनाउन तथा अग्रिम पूर्वतयारीका लागि मौसम सम्बन्धी जानकारी प्राप्त गर्न सकिने नेपाल सरकारको टोल फ्री नम्बर ११५५ र विपद्का बेला राहत तथा उद्धारका लागि टोल फ्री नम्बर ११४९ बारे जनचेतना फैलाउने गीत सहितको साँस्कृतिक प्रस्तुती सहित होली खेलेको हो । वर्षायाममा महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पसेर प्रत्येक वर्ष ठुला धनमालको क्षती बनाउदै आएको बिषयलाई लिएर दोधारा चाँदनीका युवाहरुले विपद्बाट जोगिने गरिएको सन्देश प्रवाह कार्यलाई स्थानियबासीहरुले खुशी ब्यक्त गरेका छन् ।

जनचेतनामुलक होली कार्यक्रममा उत्थानशिल युवा सञ्जालको टोली, दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का प्रतिनिधी राजकुमार सुनार, निड्स नेपाल कञ्चनपुरका प्रतिनिधी ईश्वर उपाध्याय तथा स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार