दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा कृषी समुहमा आबद्ध रहेका सक्रिय किसानहरुलाई तिन दिने कृषी सम्बन्धी तालिम प्रदान गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयको आयोजनामा वडामा बसोबास गर्ने कृषी समुहमा आबद्ध सक्रिय २५ जना किसानहरुलाई तिन दिने कृषी सम्बन्धी तालिम बुधवार सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । वडा कार्यालयको चालु आर्थिक वर्ष योजना तथा कार्यक्रम अनुसार कृषी उत्पादनमा जोड दिन कृषी सम्बन्धी तालिम सञ्चालन गरिएको वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभयो ।

तालिममा आधुनिक खेती प्रणाली, विषादी रहित तरकारी उत्पादन, उत्पादित तरकारीको बजारिकरण लगाएतको विषयमा प्रशिक्षण गरिएको वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभएको छ् । कम्तीमा भान्सामा अर्गानिक तरकारी पुग्न सकोस् भन्ने उदेश्यले संचालित तालिमबाट किसानहरुको जिविकोपार्जन समेत गर्न सक्ने वडाध्यक्ष धनाडीको भनाई रहेको छ् । तिन दिने तालिमका उक सहभागी गोमती जोशीले तालिममा सहभागी भई धेरै कुरा सिक्न पाएको भन्दै खुशी ब्यक्त गर्नुभएको छ् ।

प्रयोगात्मक विधी मार्फत बिरुवा काट छाँट, छापो राख्ने तथा बिरुवामा लागेको रोग र किराको पहिचान गरी विषाधी साथै भिटामिन प्रयोग गर्ने लगाएत बजारिकरण कसरी सहज बनाउने भन्ने बिषयमा आफुहरुले जान्न पाएको तालिमका सहभागी गोमती जोशीले बताउनुभयो । आगामी दिनहरुमा किसानहरुको आर्थिकपार्जन संग जोडिएको बिभिन्न खाले कार्यक्रम संचालन गर्न गोमती जोशीले जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभएको छ् ।

तालिमका सहभागीहरुलाई बिउ, बिजन संगै प्रमाण पत्र प्रदान गरिएको वडा कार्यालयले जनाएको छ् ।
