स्वास्थ्य सेवा प्रदायकहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको सेवा प्रवाहमा विशेष जोड

महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा स्वास्थ्य सेवा प्रदायकहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार निल हिरा समाज काठमाडौको सहयोगमा एक कार्यक्रम सहयात्रा नेपाल कञ्चनपुरको आयोजनामा पछिल्लो समयमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायमा स्वास्थ्यका विभिन्न क्षेत्रमा पर्न गएको समस्या र चुनौतीको बारेमा स्वास्थ्य सेवा प्रदायकहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

कञ्चनपुर जिल्लामा यौनिक तथा लैङ्गकि अल्पसंख्यक क्षेत्रमा हक अधिकारको लागि लड्ने गैरसरकारी संस्था सहयात्रा नेपाल हो। उक्त संस्थाले समन्वय र सहकार्यको क्षेत्रमा समाजिक कार्य गर्दै आएको छ। पछिल्लो समयमा विश्व राजनीतिक अस्थिरताले यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायमा पर्न गएको स्वास्थ्य क्षेत्रमाको असर लगायतका विषयमा छलफल गरिएको थियो।

निरन्तरता सेवा प्रवाहमा आफ्नो क्षेत्रबाट कुनै किसिमको कसुर नरहने र पछिल्लो समयमा विश्व राजनितीले यो समस्या र चुनौती सिर्जना गरेको हुँदा सबै निकै दुखित छौँ, आगामी दिनमा थप योजना बनाएर सम्बन्धित फोरममा समेत कुरा राख्ने महाकाली प्रादेशिक अस्पतालका मेसु डा.अर्जुन भट्टले बताएका छन्। उनले, पछिल्लो समयमा स्वास्थ्य सेवामा पनि गैरसरकारी संस्थाको साथ नहुदा एचआईभीएड्स संक्रमित सेवाग्राहीले खाने एआरटी औषधि सबैलाई पहुँचमा पुगाउने गरेका छौँ, अझै थप व्यवस्थित गर्ने समेत प्रतिबद्धता जाहेर गर्दै नेपाल सरकारको समेत यस बिषयमा विशेष ध्यान केन्द्रित हुन जरुरी रहेको छ। डा .भट्टले बताउनु भयो।

‘पछिल्लो समयमा विश्व राजनीतिकले गर्दा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायमा पर्न गएको प्रभावले स्वास्थ्य क्षेत्रमा पर्न गएको चाहे त्यो मानसिक स्वास्थ्यको कुरा होस् वा शारीरिक स्वास्थ्यको कुरा होस् त्यसको पहिचान गरि स्वास्थ्य क्षेत्रमा सहजताका लागि समन्वय सहकार्यमा विशेष जोड दिनु पर्ने निल हिरा समाज काठमाडौका उपाध्यक्ष शिम्रन शेर चनले बताउनु भयो। उनले,आगामी दिनमा दिगो विकासको योजना बनाई स्थानीय निकायको मातहतमा र दायित्वमा पर्ने स्रोत साधनका लागि कसरी आगामी योजना बनाउने कुराका लागि समन्वय बढाउने कुरामा विशेष जोड दिनु भयो। स्वास्थ्य केन्द्रमा स्वास्थ्य उपचार लिन जादा यौनिकता, लैङ्गकिता पहिचान गरि कुनै किसिमको विभेद नहुने गरि सेवा प्रवाह प्रभावकारी बनाउने लगायतको कुरामा ज्ञान हुन आवश्यक रहेको उपाध्यक्ष शेर चनले बताउनु भएको छ।

सामाजिक सेवा लगायतका कुरामा यौनिक तथा लैङ्गकि पहिचानका कुरालाई विशेष ख्याल गरि स्थानीय, प्रदेश र संघीय सरकारले समेत योजना बनाउनमा विशेष जोड दिनु पर्ने देखिन्छन् । जसमा सेवा प्रवाह गर्नमा समन्वयात्मक भुमिका खेल्नमा विशेष ख्याल गर्नु पर्ने देखिन्छ।

ताजा समाचार