बिभिन्न कार्यक्रम सहित दोधारा चाँदनीमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस भब्यताको साथ मनाईयो

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिभिन्न जनचेतनामुलक कार्यक्रम सहित ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको छ् । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भए संगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्य सहित दोधारा चाँदनी नगरपालिका क्षेत्रमा समेत अन्तर्राष्ट्रिय महिला दिवस मनाईदै आएको छ् । ‘सबै महिला तथा वालवालिकाका लागी : अधिकार, समानता र सशक्तीकरण’ नारा सहित दोधारा चाँदनी नगरपालिकामा बिभिन्न जनचेतनामुलक कार्यक्रम सहित ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस भब्यताको साथ मनाईएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको प्रांगणमा मनाईएको अन्तर्राष्ट्रिय नारी दिवसमा बिद्यार्थी, जनप्रतिनिधी, संघ–संस्थाका प्रतिनिधी, महिला अधिकारकर्मी, महिला स्वयम् सेवीका, सुरक्षाकर्मी लगाएत स्थानियबासीहरुको बाक्लो उपस्थिती रहेको शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो ।

छात्रा बतृत्वकला प्रतियोगिता, जनप्रतिनिधीहरुको घैटा फोड प्रतियोगिता, महिला स्वयम् सेवीकाहरुको लागी बेलुन फोड प्रतियोगिता लगाएत नृत्य, जनचेतनामुलक नाटक लगाएत कार्यक्रम गरि महिला दिवस मनाईएको शाखा प्रमुख डम्मरा लेखकले बताउनुभएको छ् । घरेलु हिंसा, बाल बिवाह, मदिरा सेवन लगाएतका कारणले हिंसा बढिरहेको भन्दै हरेक घरबाट हिंसा अन्त्य गर्दै हिंसामुक्त समाजको निर्माण गर्नुपर्ने कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले महिला शसक्तिकरणमा जोड दिनुभयो । महिलाले हिंसा सहेर बस्न नहुने बताउनु हुदै नगर प्रमुख किशोर कुमार लिम्बुले अवसरको खोजी गर्दै क्षमता प्रर्दशन गर्न समेत सबैलाई आग्रह गर्नुभएको छ् ।

संविधानमा उल्लेखित महिलाहरुको हक र अधिकार कार्यन्वयनमा सबै पक्ष लाग्नुपर्ने बताउदै नगर प्रमुख लिम्बुले अधिकार संग संगै कर्तव्यको पनि पालना गर्नुपर्ने कुरामा जोड दिनुभएको छ् । कार्यक्रममा बिभिन्न प्रतियोगितामा बिजयताहरुलाई पुरुस्कार तथा सम्मान गरिएको छ् ।

 

ताजा समाचार

spot_img