राष्ट्रपती रनिङ शिल्ड छनौट प्रतियोगितामा विजेता खेलाडीलाई सम्मान

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा वडा कार्यालयले राष्ट्रपती रनिङ शिल्ड छनौट प्रतियोगितामा बिजयता शारदा सरस्वती माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई सम्मान गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयले नगर स्तरिय १४ औं राष्ट्रपती रनिङ शिल्ड छनौट प्रतियोगितामा बिजयता खेलाडीहरुलाई नगद धनरासी सहित सम्मान गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । सुक्रवार एक कार्यक्रमको बिच नगर स्तरिय राष्ट्रपती रनिङ शिल्ड छनौट प्रतियोगितामा बिजयता शारदा सरस्वती माध्यमिक बिद्यालयका ३६ जना बिद्यार्थीहरुलाई प्रति बिद्यार्थी रु. १ हजार ६ सयको दरले सहयोग र दोसल्ला सहित सम्मान गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो ।

चालु आर्थिक वर्षको वडा कार्यालयको योजना तथा कार्यक्रम अनुसार रु. ५७ हजार ६ सय रकम बिनियोजन गरि राष्ट्रपती रनिङ शिल्ड छनौट प्रतियोगितामा शारदा सरस्वती माध्यमिक बिद्यालयका बिजयता खेलाडीहरुलाई सम्मान गरिएको वडाध्यक्ष सुनारले बताउनुभएको छ् । बिद्यार्थीहरुलाई खेलप्रति आकर्षण बढाउन र उनिहरुको शैक्षिक सामग्री खरिदमा सघाउन नगद धनरासी सहयोग समेत गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै शारदा सरस्वती माध्यमिक बिद्यालयका प्रधानध्यापक कृष्ण बहादुर चन्दले वडा कार्यालयले बिगतका सम्पन्न भएको राष्ट्रपती रनिङ शिल्ड छनौट प्रतियोगितामा बिजयता खेलाडीलाई नगद धनरासी सहित सम्मान गरेकोमा धन्यबाद दिनुभएको छ् ।

वडा कार्यालयले बिगतका दिनहरु देखि बिद्यालयको शैक्षिक बिकास र खेल बिकासमा ठुलो सहयोग गर्दै आएको प्रधानध्यापक कृष्ण बहादुर चन्दले बताउनुभयो । बिद्यालयको शैक्षिक स्तर बढाउन तथा बिद्यार्थीहरुलाई स्वास्थ्य राख्न स्थानिय सरकारले सहयोग गर्दै आएको बताउदै गुणस्तर शिक्षा संगै बिद्यार्थीहरुलाई खेल प्रति अभिरुची बढाउन बिद्यालय कटिबद्ध रहदै आएको प्रधानध्यापक कृष्ण बहादुर चन्दले बताउनुभएको छ् ।

बिद्यार्थीहरुको शैक्षिक स्तर बढाउन र खेल प्रति अभिरुची बढाउन वडा कार्यालयले गरेको कार्यको प्रशंसनिय भएको भन्दै अभिभावकहरुले खुशी ब्यक्त गरेका छन् ।

 

ताजा समाचार