महेन्द्रनगर– सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका १३ सय ७७ विद्यार्थी दिक्षीत हुने भएका छन् । आईतबार २५ गते सुदूरपश्चिम विश्वविद्यालयकाे केन्द्रीय क्याम्पसमा एक विशेष समाराेहका विच ग्रेस लिष्टमा भएका १३ सय ७७ विद्यार्थी दिक्षीत हुन लागेका हुन । शुक्रबार विश्वविद्यालयकाे केन्द्रीय क्याम्पसमा पत्रकार सम्मेलनकाे आयाेजना मार्फत पाँचौ दिक्षान्त समाराेहका बारेमा जानकारी गराएकाे हाे । उक्त कार्यक्रममा विश्वविद्यालयका कुल पति एवं प्रधानमन्त्री केपि शर्मावलीकाे अध्यक्षता र मित्र राष्ट्र भारतकाे साेबन सिंह जीना विश्वविद्यालय अल्माेडा उत्तराखण्डका कुलपति प्राेफेसर सत्पाल सिंह विष्टकाे प्रमुख आतिथ्यतामा पाचौं दिक्षान्त समाराेहकाे आयाेजना गरिन लागेकाे परीक्षा नियन्त्रक अनुराधा राेकायाले बताउनु भयाे ।

उनले भने “दिक्षीत हुनेमा ८औ ग्रेस लिष्टमा भएका १३ सय ७७ भएपनि कार्यक्रमका माझ गाउन र टाेपि लगाएर दिक्षित हुनेकाे संख्या भने ३ सय ७२ जना भन्दा बढिकाे आवेदन परेकाले ती विद्यार्थीले कार्यक्रमका माझ दिक्षीत हुने बताए । दिक्षित हुनेमा स्नातक र स्नातकोत्तर तहका मानविकि तथा समाजशास्त्र , शिक्षा, व्यवस्थापन, ईन्जिनियरिङ, कृषि विज्ञान सहित ६ वटा विभिन्न संकायका रहेका छन् । भने यस पटक एमफिल गरेकाहरू समेत दिक्षित हुने परिक्षा नियन्त्रक राेकायाले बताए । दिक्षित हुने मध्येबाट ११ जनाले पदक पाउने छन् । जसमा पहिलाे पदक चान्सलर पाउनेमा शिक्षाशास्त्र संकायका पदमराज भट्ट रहेका छन् । उनले ३.४० सिजिपिए अंक प्राप्त गरेका छन् ।
भ्वाईस चान्सलर पदक पाउनेमा टिकापुर क्याम्पसकि कृषि विज्ञान संकायमा स्नातक तहमा अध्ययनरत कुशुम तिमिल्सिना रहेकि छिन् । उनले ३.९३ सिजिपिए अंक प्राप्त गरेकि छिन । यस्तै अन्य भ्वाई चान्सलर पदक र संवरण पदकबाट कार्यक्रममा सम्मानित हुने परिक्षा नियन्त्रक राेकायाले पत्रकार सम्मेलनमा जानकारी दिनु भयाे । दिक्षान्त समाराेह कार्यक्रममा ३ सय ३० जना विद्यार्थीका अभिभावक समेत सहभागी हुने छन् । कार्यक्रम विहान १० बजेबाट शुरू हुनेछ ।
