वेष्टर्न पब्लिक एकेडेमीमा विज्ञान तथा कला प्रर्दशनी

कञ्चनपुर: कञ्चनपुरको एक निजी विद्यालयले विज्ञान तथा कला, संस्कृृति प्रंर्दशनी गरेको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेको वेष्टर्न पब्लिक एकेडेमीले विज्ञान, तथा कला प्रर्दशनी गरेको हो । विद्यालय २५ बर्ष पुगेको अवसरमा बुधबार एक कार्यक्रमका विच विज्ञान, तथा कला प्रर्दशनी गरेको जनाएको छ । वेष्टर्न पब्लिक एकेडेमीका प्रिन्सिपल विवेकराज कलौनीले विज्ञान प्रर्दशनीका साथै मिनी चिडियाखाना, सुदूरपश्चिम प्रदेशको मौलिक नृत्य, छलिया, गौरा प्रस्तुत गरिएको बताए ।

सुदूरको राना, चौधरी थारु र पहाडी समुदायको लोक संस्कृति, खाद्य मौलिका परिकार समेत प्रस्तुत गरिएको उनले बताए । उनका अनुसार विद्यार्थीमा भएको क्षमता बृद्धि गर्दै भावि दिनमा आत्मनिर्भर बनाउने उदेश्यका साथ गरिएको छ । कक्षा ३देखिका विद्यार्थीले विभिन्न कला प्रस्तुत गरेका थिए । उत्कृष्ट विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएको छ । वेष्टर्न पब्लिक एकेडेमीका संचालक बिर्ख बहादुर मल्लले विद्यालयले दुई दशक पार गरेको अवसमा विद्यार्थीको थप क्षमता बृद्धि विकासका लागि अतिरिक्त कृयाकलाप गरेको बताए । ‘विद्यार्थीमा सैद्धान्तिकका साथै व्यवहारिक ज्ञानको बृद्धिका लागि हामीले हरेक बर्ष कला प्रर्दशनी गर्दै आएका छौँ, ‘उनले भने, ‘यस पटक थप गरेका छौँ ।’

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरपालिका उपप्रमुख निमल लेखकले विद्यालयले गरेको कार्यक्रमले सुदूरको मौलिक लोक नृत्य, साहित्य, कलाका साथै खाद्य परिकार प्रर्बद्धनमा जोडदिईन । उपप्रमुख जोशीले पालिकाले अघि सारेको शुक्रबार बुक फ्रि डे मनाउन समेत आग्रह गरेका छन ।

वेष्टर्न पब्लिक एकेडेमीका अध्यक्ष बिरेन्द्र बहादुर चन्दको अध्यक्षतामा शुरु भएको कार्यक्रको संचालन प्रशासन प्रमुख एव शिक्षक हेमन्त सिहले संचालन गरेका थिए । कार्यक्रममा विद्यार्थी, अभिभावक सहितका सरोकारवालाले अवलोकन गरेका छन । अभिभावकलहरुले समेत विद्यार्थीलाई विद्यालयले अतिरिक्त कृयाकलाप गराएपछि उत्साहित भएका छन ।

ताजा समाचार