पशुपति आधारभूत विद्यालयको २८औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७, बसन्तपुर स्थित श्री पशुपति आधारभूत विद्यालय को २८औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयका विद्यार्थीहरुले विभिन्न कला, कौसलका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक शुशिला बोहराले प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख भोजराज बोहराले विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा भौतिक पूर्वाधारको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष आँगन चौधरीको सभापतित्वमा कार्यक्रमका प्रमुख अतिथि वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा रहनुभएको थियो । कार्यक्रममा विशेष अतिथिको रूपमा वडा नम्बर ७ का वडा प्रतिनिधि सुबास मल्ल, वेदकोट नगरपालिका कार्यपालिका सदस्य पवन नेपाली, विद्यालयका संस्थापक गंगाराम डँगौरा, टीकाराम बोहरा, भोजराज डगौरा, बंशिराम डगौरा, दलबहादुर विष्ट, डम्बर देव पाण्डेय लगायतको उपस्थिति रहेको थियो।

ताजा समाचार