स्कुल बसको ठक्करबाट घाइते  तामाङको उपचारका क्रममा मृत्यु,,

नागरिक स्मृति एवं सम्मान मेयर कप २०८१ फुटबल प्रतियोगित केही दिनका लागि स्थगित

पुनर्वास :कञ्चनपुरमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका ४४ वर्षीय रमेश तामाङको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार बिहान पुनर्वास नगरपालिका-३ रामबस्तिमा विद्यार्थी लिन गइरहेको स्कुल बसले मोटरसाइकललाइ ठक्कर दिदा गम्भीर घाइते तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढीको माया मेट्रोमा घाइते तामाङको उपचार सम्भव नभएपछि आइतबार राति नै चार जना बिशेषज्ञ डाक्टरहरूको टिम सहित बिशेष जहाजमा राखि काठमाडौंको  धुम्बाराही स्थित हमस अस्पतालमा थप उपचारका लागि रिफर गरिएको थियो । ठक्कर दिने धनगढीको क्रिस्टल बोर्डिङ स्कुलको सुपप्र ०१–००१ प. २१३३ नम्बरको बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको  ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्चार्ज महेश विक्रम  शाहीले बताए ।

यसैगरी पुनर्वास ३ आई बी आर डी को ६५ बिगाहा स्थित कालिका युवा क्लब को खेल मैदान मा सञ्चालन भइरहेको खेल पनि केही दिनका लागि स्थगित गरिएको छ। पुनर्वास ३ खेलकुद विकास समितिले आफनो आधिकारिक फेसबुक पेज मार्फत खेल स्थगित गरिएको सूचना प्रकाशित गरिएको छ।
सामाजिक सञ्जाल फेसबुक मार्फत् आयोजकको पेजमा लेखिएको छ ,जेष्ठ नागरिक स्मृति एवं सम्मान मेयर कप २०८१ फुटबल प्रतियोगिताको खेलहरु २०८१/११/१४ गते सम्मको लागि स्थगित भएको सम्पूर्णमा जानकारी गराईन्छ ।

तसर्थ यस सुचना संगै खेल १४ गते सम्म बन्द रहनेछ भने १५ गते बाट पुनः सञ्चालनमा आउने राम युवा क्लब का अध्यक्ष जिन बहादुर तामाङ्गले जानकारी दिनुभयो। बसको ठक्कर बाट उपचारका क्रममा निधन भएका रमेश तामाङ पुनर्वास ३ खेलकुद विकास समिती ,राम युवा क्लब का नव गठित कार्यसमितिका कोषाध्यक्ष हुन् ।

ताजा समाचार