अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका महता लाई गृह जिल्लामा पत्रकार महासंघले गर्यो स्वागत

महेन्द्रनगर: एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएको नेपाल टिमका सदस्य धनबहादुर (बिकास ) स्वदेश फिर्ता भएका छन्। मंगलबार गृह जिल्ला महेन्द्रनगर पुगेका धनबहादुर महता(बिकाश) लाई नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर कार्यालयमा बिहीबार दोसल्ला ओढाएर उनलाई भव्यरुपमा स्वागत गरेको हो। बङ्गलादेशको ढाकामा एसियन एम्पुटी फुटबल च्याम्पियनसिप २०२५ खेल्न नेपाल टिम पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न टिम बङ्गलादेशको राजधानी ढाका गएको थियो। नेपाली एम्पुटी पुरुष राष्ट्रिय टिम प्रतियोगिताका चार खेल्दै खेल नजिते पनि धेरै कुरा सिकेर आएको खेलाडी महताले बताए। एम्पुटी फुटबल शारीरिक अपाङ्गता (एउटा खुट्टा नभएका र एउटा हात नभएका ) खेलाडी हरूले खेल्ने खेल हो ।

पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउदा सबै जना हर्षित छौँ । उनले भने, यो प्रतियोगिताको अनुभवले आगामी दिनमा नेपाली एम्पुटी फुटबल टिमलाई सहजता हुनेछ। खेलमा खेलाडीले “कि त जित्छ, कि त सिक्छ” त्यही भएर अहिले नेपाली टिमले अनुभव संगै सिकाइ भएको छ। फेब्रुअरी ७ देखि १२ तारिखसम्म बङ्गलादेशको ढाकामा रहेको वसुन्धरा रङ्गशालामा जारी भएको उक्त प्रतियोगिताका लागि १३ पुरुष खेलाडी र ७ अफिसियल सहित २० सदस्यीय नेपाली टोली माघ २२ गते बङ्गलादेश प्रस्थान गरेको थियो।

नेपाली टिममा खेलाडी डिल्लीबहादुर बिष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुङ्गाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता(बिकाश), लक्ष्मीप्रसाद अधिकारी, सुदीप चापागाईँ, राज पौडेल र प्रकाश सिंह रहेका छन्। नेपाल टिमको क्याप्टेनको जिम्मेवारी डिल्ली बहादुर बिष्टले समाल्ने छन् । प्रशिक्षकमा चित्रबहादुर तामाङ, व्यवस्थापकमा मदनमान सिंह रोकाया तथा अफिसियलमा कल्पना खड्का, श्यामबहादुर रावल, प्रकाश चिलुवाल, सुरेश थापा र विपिन पौडेल रहेका थिए। ।

ताजा समाचार