कञ्चनपुर : ७५औँ प्रजातन्त्र दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिका १९बागफाँटामा रहेको लक्ष्मी माध्यामिक विद्यालयले आधारभूत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरेको छ । लक्ष्मी ईको क्लब र विद्यालयको संयुक्त आयोजना भीमदत्त नगरपालिका शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रका आधारभूत विद्यालयविचमा हाजिरी जवाफ प्रतियोगिता गरेको हो ।

उक्त प्रतियोगितामा महेन्द्रनगर मावि(साधारण) प्रथम, बैजनाथ विद्या निकेतन आधारभुत विद्यालय द्वितिय, शान्ति आवि बनकट्टी तृतिय र लक्ष्मी मावि बागफाँटा चर्तुथ भएको छ । क्रमस प्रथम, द्वितिय, तृतिय र चर्तुथ विद्यालयलाई नगद ३हजार, २हजार ५सय, २ हजार र १हजार पुरस्कारका साथै प्रमाण पत्र वितरण गरिएको छ । आयोजक लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले विद्यार्थीको चौतर्फि विकासका लागि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको बताए ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले लक्ष्मी माविले अन्तरविद्यालयविच हुने प्रतियोगितामा थप शैक्षिक सुधारका लागि टेवा पुगेको बताए । लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, शिक्षक, विद्यालय सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।

