धनगढी : कञ्चनपुर जिल्ला पुरुष फुटबल टिम १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता सुदूरपश्चिम प्रदेश स्तरीय छनौट प्रतियोगिता २०८१ को च्याम्पियन बनेको छ।

कैलाली जिल्लाको धनगढीमा राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले आयोजना गरेको प्रदेश स्तरीय छनौट प्रतियोगितामा पुरुष फुटबलमा कञ्चनपुर टिम च्याम्पियन बनेको हो।
कञ्चनपुर र कैलाली जिल्ला पुरुष र महिला टिमले फाइनलको यात्रा तय गरेका थिए। पुरुष तर्फ कञ्चनपुर जिल्लाले कैलाली लाई ३-० गोलको अन्तरले हराउदै कञ्चनपुर पुरुष टिम च्याम्पियन बनेको छ। कैलाली पुरुष टिमले उपविजेतामा चित्त बुझाएको छ।भने महिला तर्फ कैलालीले ३-१ गोलको अन्तरले कञ्चनपुर लाई हराउँदै कैलाली महिला टिम च्याम्पियन बनेको छ। भने कञ्चनपुर महिला टिम उपविजेता भन्दै रजत पदक हात परेको छ।
कञ्चनपुरका टिम क्याप्टेन करन पालले सेमिफाइनलको खेलमा दुई वटा पहिलो कार्ड पाएका थिए। उनले फाइनल खेल गुमाए पनि उपाधी भने गुमाएका छैनन्। कञ्चनपुर जिल्लाले धेरै समयको अन्तराल पछि प्रदेश छनौट प्रतियोगितामा च्याम्पियन बन्न सफल भयो कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावल भन्नू भयो।
कञ्चनपुर जिल्ला पुरुष फुटबल टिमको प्रशिक्षक जिम्मेवारी पहिलो पटक पाएका भरत महताले आफ्नो जिम्मेवारी ठूलो थियो त्यो पूरा गर्न सम्पुर्ण खेलाडी लगायत सहयोगी खेलप्रेमिले गर्दा सफल भयौं । प्रशिक्षक महताले भने।
कैलाली जिल्लाले लगातार कञ्चनपुरलाई हराउँदै आएको त्यो बेला अहिले भने कैलाली जिल्ला पुरुष टिमको च्याम्पियन बन्ने दाउमा भने कञ्चनपुर जिल्ला पुरुष टिमले ब्रेक लगाउन सफल भएको छ।
