कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १८ नम्बर वडाका एक चन्द परिवारले श्रीमदभागवत महापुराण सप्ताह ज्ञान यज्ञ लगाएका छन । भीमदत्त नगरपालिका १८ गोबरैया किरणटोलका देव बहादुर चन्द र हिरा देवी चन्द परिवारले श्रीमदभागवत महापुराण सप्ताह ज्ञान यज्ञ लगाएका हुन । बिहीबारदेखि चन्द परिवारले घरमै ज्ञान यज्ञ लगाएका छन । देव र हिरा चन्दका छोरा नरेन्द्र चन्दले शान्ति, आध्यात्मिकता, धार्मिक बृद्धि विकासका लागि उक्त ज्ञान यज्ञ निजी लगानीमा गरेको बताए ।

उनका अनुसार बिहान ७ बजदेखि पूर्वाङपुजा, ८ बजेदेखि १ बजेसम्म श्रीमदभागवत मुलपाठ बाचन, दिउँसो २ बजेदेखि ५ बजेसम्म कथा प्रवचन, बेलुका ५ बजेतिर आरक्ष प्रशाद ग्रहण गरिनेछ । ब्यास पण्डित दिपक जोशी(शास्त्री) सहितका पण्डितबाट कथा बाचनदेखि पुजा आराधाना गर्नेछन । देव र हिरा चन्दका अर्का छोरा बीर बहादुर चन्दले बाबुआमाको ईच्छा अनुरुप घरमै यज्ञ संचालन गर्न लागेको भन्दै खुसी व्यक्त गरेका छन ।
उक्त ज्ञान यज्ञमै देव र हिराका जेष्ठ नाती आयुष्मान अकित चन्दको उपनयन संस्कार कार्यक्रम समेत गरिएको छ । चन्द परिवारले घरमै लगाएको सात दिने ज्ञान यज्ञबाट समाजमा आध्यात्मिक बृद्धि विकासदेखि थप भाईचाराको भावनाको विकास हुने अपेक्षा गरिएको छ ।

