कञ्चनपुर : प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाले २७ औं स्थापना दिवस मनाएको छ । आफ्नो २७ औं स्थापना दिवसको अवसरमा भीनपा ४ स्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा फलफुल, खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेका छ ।
कार्यक्रममा प्रमुख अतिथी रहेको राजेन्द्र सिह रावलले ‘प्रेस चौतारी स्थापना दिवसको हार्दिक शुभकामनाका साथै यस सङ्गठनले मर्यादित, स्वच्छ, र जनकेन्द्रीत पत्रकारितालाई अगाडि बढाउन सफलता प्राप्त गर्न शुभकामना’ दिएका छन्, साथै उनले भने ‘अनाथलयका बालकहरुको अभिभावक भएर आज प्रेस चौतारीले सहयोग गरेको छ ।’
प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाले २७ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारीका सदस्य लगायत विभिन्न संघ संगठनका साथै विभिन्न मिडियाका पत्रकारको सहभागिता रहेको थियो । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको प्रमुख आतिथ्यमा प्रेस चौतारी नेपाल कञ्चनपुर शाखा अध्यक्ष लक्ष्मण दत्त पन्तको सभापतित्व रहेको थियो भने कार्यक्रम सञ्चालन प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाका सचिव मदन गिरीले गरेका थिए ।