दिर्घ राज ओझा /पुनर्वास : कंचनपुर को दक्षिणी भेग पुनर्बास ११ अमरबस्ती स्थित श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसरमा कञ्चन पब्लिक स्कुल, पुनर्वास–११ द्वारा आयोजित ८औं अन्तरविद्यालय स्तरीय खुला नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा १४ वटा विद्यालयका छात्रछात्राहरूले भाग लिई उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा उजागर गर्दै कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजक विद्यालयले जनाएको छ।
उक्त प्रतियोगितामा प्रथम स्थान बेलौरी मा रहेको वात्स्यला बिद्या निकेतन प्रथम भएका छन्, भने आयोजक कन्चन पब्लिक स्कुल दोश्रो र तेस्रो स्थान आदर्श इङ्लिश स्कुल पुनर्बास ११ र सान्त्वना राश्टिय मा बि हासिल गरेका छन्। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। संस्थापक सुरेश अधिकारी ले कार्यक्रममा बोल्दै भने “विद्यार्थीहरूलाई पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै उनीहरूको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिताहरू महत्त्वपूर्ण भूमिका खेल्छन्। यो प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै कला र संस्कृतिको जगेर्नामा योगदान पुर्याउने विश्वास लिएको छु।
भविष्यमा अझ व्यापक रूपमा कार्यक्रम सञ्चालन गर्ने योजना छ।” विद्यालयका प्रधानाध्यापक आरती बिष्ट अधिकारी ले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै भने, “प्रतियोगितामा सहभागिता जनाउने सम्पूर्ण विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई धन्यवाद दिन चाहन्छु। यस कार्यक्रमले विद्यार्थीहरूको सिर्जनात्मक क्षमतालाई निखार्ने अवसर दिएको छ। विजयी विद्यार्थीहरूलाई बधाई तथा सबै सहभागीहरूलाई आगामी दिनमा अझ राम्रो प्रस्तुति दिन शुभकामना व्यक्त गरे। कार्यक्रम सभ्य, भव्य र अनुशासित रूपमा सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ।