किशोर तामाङ / कञ्चनपुर : कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वासमा नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद द्धारा न्यानो पोशाक (ट्रेक सुट) वितरण गरेको छ। पुनर्वास नगरपालिकामा आदिवासी जनजाति महासंघ मा आबद्ध ८ जातीय संस्था हरु नेपाल तामाङ घेदुङ, थारु कल्याणकारिणी परिषद् , तमु समाज, राना थारु उत्थान समन्वय मञ्च,मगर संघ, नेवा देय दबु, भुजेल समाज सेवा समिति र नेपाल माझी समाजको छाता संस्था नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदका गरिव, बिपन्न, अशक्त र जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी न्यानो पोशाक (ट्रेक सुट) वितरण गरेको थियो।

पुनर्वास नगरपालिकाको आर्थिक सहयोगमा आदिवासी जनजाति नगर समन्वयन परिषद् पुनर्वास द्बारा पुनर्वास नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा अध्ययनरत आदिवासी जनजाति का नानीबाबुहरूलाई एक औपचारिक कार्यक्रमका बीच निशुल्क न्यानो पोशाक (ट्रेक सुट) वितरण कार्य, सम्पन्न गरेको छ। पुनर्वास नगरपालिका का ३३ सामुदायिक विद्यालयहरू मध्येमा आदिवासी जनजाति छात्र छात्राहरू अध्यनरत ३० बिदधालयका ३सय २५जना बिद्यार्थीहरु का लागि निशुल्क न्यानो पोशाक (ट्रेक सुट) बितरण गरिएको थियो। कक्षा १ देखि ८ कक्षासम्मका छात्रछात्रालाई निशुल्क न्यानो पोशाक (ट्रेक सुट) नगरपालिकाको बजेटमार्फत आफूहरूले व्यवस्थापन गरेको आदिवासी जनजाति नगर समन्वयन परिषद् का अध्यक्ष प्रविण थापा मगर ले जानकारी दिए । अध्यक्ष थापा मगर ले –स-साना विद्यार्थीहरुको लागि चिसो बढी रहेको बेला यसरी सहयोग गर्न पाएकोमा खुुशी ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिदै जाने बताउनुभयो।
अत्यधिक जाडो मौसममा विद्यार्थीलाई निशुल्क न्यानो पोशाक (ट्रेक सुट) उपलब्ध गराई कलिला बालबालिकाको भविष्य उज्ज्वल पार्ने कार्यमा नगरले गरेको सहयोगमा आदिवासी जनजाति नगर समन्वयन परिषद्ले आयोजना गरिएको यो कार्य जनहितकारी हुने स्थानीय बुद्धिजीवी चन्द्र बहादुर थापाले बताउनुभयो। प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै नगरप्रमुख तोय प्रसाद शर्मा ले गुणस्तरीय शिक्षा आजको आवश्यक्ता भएकाले आदिवासी जनजाति समुदायका नानीबाबुहरूको लागि बितरण गरिएका ट्रयक्सुुट सेटले विपन्न बालबालिकालाई चिसोबाट जोगाउन सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभयो। नगर प्रमुख शर्मा ले नगरपालिका द्वारा आदिवासी जनजातिका हक हित र अधिकारको सुनिश्चितता का लागि बिनयोजित बजेट नगर समन्वयन परिषद्ले शिक्षण क्षेत्रमा समुदायका अशक्त र आर्थिक अवस्था कमजोर भएकाहरूको सहयोगका लागि कपडा वितरण कार्यक्रम गरिएको प्रति खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो।
पुनर्वास नगरपालिका को सभाहलमा आदिवासी जनजाति नगर समन्वयन परिषद् पुनर्वास का अध्यक्ष प्रविण थापा को सभापतित्व र नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बिशिष्ट अतिथिमा नगर उपप्रमुख भुलिया राना, निबर्तमान मेयर जिवन राज थापा रहनुभएको थियो। यसैगरी अतिथि मा नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद पुनर्वासका निबर्तमान अध्यक्ष धोके राना,,पुनर्वास नगरपालिका वडाध्यक्ष मित्र सिंह लामा लगायतका एघारै वडाका वडाध्यक्षहरू र स्थानिय बुद्धिजीवी समाजसेवी एवम् सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । नेपाल आदिवासी जानजाति महासंघ ,पुनर्वास नगर समन्वय परिषदका उपाध्यक्ष रुकमणि भुजेलकोे स्वागत मन्तव्य बाट शुरु भएको उक्त कार्याक्रमलाई नगर सचिव बनबारी राना ले सञ्चालन गर्नुभएको थियो ।
