कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका ९मटैनमा रहेको बैजनाथ सामुदायिक वनका पदाधिकारी चयनका लागि निर्वाचन भएको छ । १६माघ(बुधबार) भएको निर्वाचन अनुसार अध्यक्षमा शेरसिह विष्ट, उपाध्यक्ष कमलादेव टेर, सचिव लक्ष्मीदेवी नाथ र कोषाध्यक्षमा हरिस सिह ऐर निर्वाचित भएका छन ।

अध्यक्ष विष्टले आफ्ना निकटकत प्रतिस्पर्धी किशन नाथलाई ४६मतको अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भएका छन । विष्टले २३३, मनाथले २७९मत ल्याएका छन । उपाध्यक्षमा कमलादेवी टेरले आफ्ना निकटतम प्रतिस्पर्धी पुजा नाथलाई ९५ मतको अन्तरले हराउदै उपाध्यक्षमा निर्वाचित भएकी छिन । टेरले २७४ र नाथले १७९मत ल्याएका छन । सचिवमा लक्ष्मीदेवी नाथले आफ्ना निकटतम प्रतिस्पर्धी कलावती नाथलाई ९५मतको अन्तरले हराउँदै निर्वाचित भएकी छिन । लक्ष्मीले २६१ र कलावतीले १६६ मत ल्याएकी छिन ।
कोषाध्यक्षमा हरिसिह ऐरले आफ्ना प्रतिस्पर्धी केशव नाथ(योगी)लाई ५७मतको अन्तरले हराउदै निर्वाचित भएका छन । ऐरले २५६ र योगीले २०८मत ल्याएका थिए । ५सय ६०मतदाता रहेकोमा ५सय ३९मत खसेका थिए । यस अघि
सह सचिव किरन साउद र सदस्यमा कलावती नाथ, खेम नाथ, खेमराम भुल, दिलादेवी लुहार, दुर्गादेवी रावत, रण बहादुर कार्की, सन्ध्या चुनारा, सुरेश प्रशाद जोशी निर्बिरोध निर्वाचित भएक थिए ।
बैजनाथ सामुदायिक वनको पदाधिकारीमा निर्वाचित भएका पदाधिकारीले सामुदायिक वनको बृद्धि विकास साथै उपभोक्ताको हकहितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन । बैजनाथ सामुदायिक वनको कोषाध्यक्षमा निर्वाचित भएका युवा सरक्षणकर्मी हरिसिह ऐरीले उपभोक्ताले आफुलाई गरेको विश्वास अनुरुप सामुदायिक वनको दीगो विकास एव उपभोक्ताको हक अधिकारका क्षेत्रमा काम गर्ने प्रण गरेका छन ।
