कञ्चनपुर : बडीमालिका फाउण्डेशन नेपालले कञ्चनपुर बेलडाँडी गाँउपालिका एक सामुदायिक विद्यालयका विद्यार्थीलाई पोषाक वितरण गरेको छ । बेलडाँडी गाँउपालिका १ झरनासागर स्थित सरस्वती माध्यामिक विद्यालयका विद्यार्थीलाई विद्यार्थी पोषाक वितरण गरेको हो ।

स्थानीय समाजसेवी युवा दिर्घ बहादुर सिहको पहलमा बडीमालिका फाउण्डेशन नेपालले उक्त विद्यालयका जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोषाक वितरण गरेको जनाएको छ । मंगलबार एक कार्यक्रमका विच बाल विकास एव विपन्न समुदायका ५० विद्यार्थीलाई उक्त पोषाक वितरण गरिएको छ । सरस्वती माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिर्घ बहादुर सिहले चिसो छल्नका लागि बडीमालिका फाउण्डेशन नेपालले ट्याकसुट वितरण गरेको बताए ।
अध्यक्ष सिहका अनुसार बेलडाँडी गाँउपालिका १का वडा सदस्य श्याम बहादुर रावल, प्रअ विष्णूसिह भण्डारी सहितका शिक्षकहरुको उपस्थितिमा पोषाक वितरण गरिएको बताए । निःशुल्क पोषाक पाएपछि विद्यार्थी हर्षित भएका छन ।बडीमालिका फाउण्डेशन नेपालका अध्यक्ष बाजुराका युवा पत्रकार एव समाजसेवी प्रकास सिह हुन । सिह नेतृत्वको उक्त बडीमालिका फाउण्डेशन नेपालले सुदूरपश्चिम प्रदेशका दुर्गम गाँउबस्तीमा समाजिक काम गर्दै आएको छ ।

