कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरमा रहेको सिद्धबैजनाथ सामुदायिक वन उपोक्ता समुहको १३औँ बार्षिक साधारण सभा तथा ११औँ अधिवेशन शुरु भएको छ । बेदकोट नगरपालिका ४बगुनमा रहेको सिद्धबैजनाथ सामुदायिक वन उपोक्ता समुहको १३औँ बार्षिक साधारण सभा तथा ११औँ अधिवेशन शुरु भएको हो । बुधबार एक कार्यक्तमका विच बेदकोट नगरका प्रमुख भोजराज बोहराले उक्त सामुदायिक वनको साधारण सभा एव अधिवेशनको उद्घाटन गर्दै सामुदायिक वनले यस अघि वन पर्यावरणदेखि सामुदायिक बृद्धि विकासका पु¥याएको योगदानको प्रसंसा गर्दैै आगामी दिनमा समेत सामुदायिक वनले बृद्धि विकासमा जोडदिएका छन ।

नगर प्रमुख बोहराले चुरे सरक्षणका कार्यक्रम ल्याएर विपद् न्यूनिकरणका कार्यक्रम संचालन गर्न तर्फ समेत ध्यानाकर्षण गराएका छन । कार्यक्रममा सिद्धबैजनाथ सामुदायिक वन उपोक्ता समुहका अध्यक्ष राजेन्द्र प्रशाद भण्डारीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनको बृद्धि विकासका लागि थुप्रै कामकाज भएको बताएका छन । अध्यक्ष भण्डारीका अनुसार चुुरेसंगै जोडिएको उक्त सामुदायिक वनको सरक्षण गर्दै उपभोक्ताहरुलाई काठ दाउरा वितरणका कार्यक्रम प्रभावकारी बनाईएको छ । वन सरक्षणका साथै सामुदायिक बृद्धि विकासका लागि बगुन सिँचाई जल उपभोक्ता समितिलाई नगद २लाख, सिद्धनाथ विद्यालयलाई नगद ५०हजार आर्थिक सहयोग गरिएको छ । बृक्षारोपणका माध्यमबाट खुला चरिचरन बन्द, तारबार तटबन्ध सहितका सरक्षणका कार्यक्रम गरिएका छन । अध्यक्ष भण्डारीले आगामी बर्षका लागि सहजै उपभोक्ताहरुलाई काठ दाउरा वितरण गरिने, दीगो वन व्यवस्थापनका कार्यक्रम अघि बढाईने, धार्मिक पर्यटकीय क्षेत्र शिव लिङगेश्वर धामको बृद्धि विकास, सामुदायिक हितका क्षेत्रका योजना ल्याएका छन ।
कार्यक्रममा सामुदायिक वनको बृद्धि विकासका लागि योगदान पु¥याउने दर्जनौँ सरक्षणकर्मीहरुलाई सम्मान गरिएको छ । पुर्व जनप्रतिनिधी, सामुदायिक वनका संस्थापक, पुर्व अध्यक्ष सहितका सरक्षणकर्मी, सेवा निवृत सरकारी कर्मचारीलाई सम्मान गरिएको छ । पुर्व जनप्रतिनिधी बेदकोट नगरका निर्वतमान मेयर अशोक कुमार चन्द, पूर्व जिविस सदस्य बीर ब. बुढाथोकी, निर्वतमान बेदकोट ४ वडाध्यक्ष भाष्कर दत्त भट्ट, निर्वतमान वडा सदस्य नन्दकला पुलामी, सामुदायिक वनका संस्थापक अध्यक्ष स्व. नागी चन्द, पुर्व सामुदायिक वनका अध्यक्ष मिनराज गिरी, देव बहादुर चन्द, पूर्व आलेप संयोजक धर्मानन्द भट्ट, महेश दत्त जोशी, सरकारका उपसचिव भानदेव जोशी, सेवा निवृत सरकारी कर्मचारी दानसिह विष्ट, जय सिह रावललाई सम्मान गरिएको छ । सिद्धबैजनाथ सामुदायिक वन उपोक्ता समुहका सह सचिव शिवराज जोशीले संचालन गरेको कार्यक्रममा सरक्षणकर्मी, जनप्रतिनिधी, उपभोक्ता, वनका कर्मचारी सहित सर्वसाधारण सहभागि थिए, अधिवेशनले नयाँ कार्य समिति विस्तार गर्ने जनाएको छ ।
एकै घरका पुर्व अध्यक्षत्रय बाबुछोरा सम्मानित सरकारले राष्ट्रिय वनलाई सामुदायिक वन दिने अवधारणा अन्र्तरगत ०५७सालामा तत्तकालिन दैजी गाविसको बगुन क्षेत्रमा स्थापना गरिएको उक्त सिद्धबैजनाथ सामुदायिक वनको संस्थापक अध्यक्षमा स्थानीय समाजसेवी नागी चन्द चयन भएका थिए । स्व. संस्थापक अध्यक्ष नागी चन्दले ७ बर्ष नेतृत्व लिए । त्यसपछि लोकतान्त्रिक विधी अनुरुप सामुदायिक वनको नेतृत्व परिर्वतनकै सिलसिलामा ०६३सालमा स्व. नागी चन्दका कान्छा पुत्र अशोक कुमार चन्द जो बेदकोट नगरका निर्वतमान मेयर पनि हुन, उनले वनको नेतृत्व लिए । अशोकले एक कार्यकाल नेतृत्व गरे । त्यसपछि ०६७सालमा स्व. नागी चन्दकै जेष्ठ पुत्र देव बहादुर चन्दले सामुदायिक वनको नेतृत्व लिए । चन्दले ८ बर्षसम्म नेतृत्व लिए । चन्दका तीनै बाबुछोराले सामुदायिक वनको बृद्धि विकास गरेको भन्दै एकै पटक सम्मानित भएका छन । बुधबार भएको सामुदायिक वनको १३औँ बार्षिक साधारण सभा एव ११औँ अधिवेशनमा सामुदायिक वनका अध्यक्ष राजेन्द्र प्रशाद भण्डारी, बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले चन्दत्रय बाबुछोराले सामुदायिक वन सरक्षण एव बृद्धि विकासका अतुलनिय भूमिका निर्वाह गरेको भन्दै प्रसंसा पत्रका साथै सम्मान गरेका छन । सम्मान पाएका चन्दद्वय दाजुभाईले समाजले कामको मुल्याङकन गरेको भन्दै आभार प्रकट गरेका छन ।
